प्रहार समाचार । तनहुँ, १३ चैत २०८१ बुधवार। तनहुँको व्यास नगरपालिकाको बजार अनुगमन समितिले अनुगमनलाई तिव्रता दिन थालेको छ।

बजार अनुगमन समितिका संयोजक उपप्रमुख इन्दिरा दरौको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, वडा नं १० का वडाअध्यक्ष खेमराज पोख्रेल, व्यास २ का वडा सदस्य सुरेश वाग्ले, नगर प्रहरी लगायतको संयुक्त टोलीले आज दमौलीका विभिन्न पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कतिपय पसलहरुमा अखाद्य वस्तु, मिसावट तथा बिना प्याकेजिङका वस्तुहरु विक्रिविताण गरिएको गुनासो बढेपछि अनुगमन गर्ने कार्यलाई अगाडी बढाइएको उपप्रमुख दरैले बताइन् ।

‘जनताको स्वास्थ्थ्यमा खेलवाड गर्ने छुट कसैलाई पनि छैन हामी निरन्तर अनुगमनलाई निरन्तरता दिन्छौ ।’ उपप्रमुख दरैले भनिन्।

अनुगमनका क्रमममा व्यास – ३ मा रहेको जय वेकरी बाट ४ लिटर अखाद्य तेल सहित २६ वटा दुनोट बरामत गरेर ५ हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ।

त्यस्तै सोहि वडामा सञ्चालीत दिदी बहिनी खाजा घरमा मूल्य सूचि नराखेको, पसल नपामा दर्ता नगरेकोले १५ दिन भित्र पसल दर्ता गर्न निर्देशन दिंदै खाद्य बस्तुमा रंङप्रयोग गरिएकोले सचेत गराईएको छ। त्यस्तै सोहि वडामा नै सञ्चालित दमौली बेकरीबाट ३७ पोका अखाद्य तेल वरामत गरिएको छ।

त्यस्तै धेरै होटल तथा मिठाई पसलहरुलाई फ्रिज व्यवस्थापन तथा किचनको सरसफाईलाई ध्यान दिन सचेत गराइएको अनुगमन टोलीका सदस्य खाद्य तथा गुण नियन्त्रण कार्यालयका अनुसा शर्माले जानकारी दिइन् ।
.
























