विचारसबै प्रदेश

ओझेलमा परेको ठाडोभाका लोकगीतको हिउदे राजधानी तनहुँको पुतली बजार

‘ठाडोभाका लोकगीतको हिउँदे राजधानी मानिने तनहुँको पुतलीबजार वर्षे राजधानी मानिने कर्पुटार भन्दा रतिभर कम थिएन । स्थानीय निकायको अदुर्दर्शिताको कारण पुतलीबजारले आफ्नो गरिमालाई जोगाउन नसकेको देखिन्छ।’ भन्दै लेखक देव वस्न्यात लेख्छन् :

तनहुँको भानु नगरपालिका वडा नं.११ रुपाकोट दुहुरेपसलमा जन्मेर साविक श्याम्घा २ को हाल व्यास ६, शेषटार स्थायी ठेगानामा घर भइ हाल व्यास नगरपालिका वडा नं.२ अनसन चौतारी चोकमा व्यापार व्यवसायगर्दै आउनु भएको छ ।

उहाँ महमदिन मियाँ र फातमा मियाँका छोरी हुनुहुन्छ । उहाँको परिवारमा श्रीमान महमदकरिम मियाँ , छोरीहरुमा अप्सना खातुन, आयुस्मा खातुन,आश्यीया खातुन, र मेनाज खातुन रहेका छन् । एकातर्फ उहाँको माइतीघर कृपेश्वर महादेवको नजिकै भएको र  अर्कोतर्फ सो स्थानमा बजार लाग्दा व्यापारमा व्यवसाय गर्न जाँदा उहाँले पुतलीबजारको एकदम नजिकबाट सुक्ष्म अध्ययन गर्ने सुअवसर पाउनु भएको थियो । छ

निज मदिना मियाँले पुतलीबजारमा लाग्ने शिबरात्री पूजा, फागुपूर्णिमा मेला विशेष उत्साह र उमङ्गका साथ  आयोजना हुने कुरा अबग बताउनु भयो । यसै गरि त्यहाँ संघ/ संस्था तथा मन्दिर व्यवस्थापन समितिहरु मेला व्यवस्थापनका लागि एक हप्ता अगावै सरिक हुने गर्दथे । बजारलाई थप व्यवस्थित गर्न, दोहोरो लाइनका साथ सेउलादार टहरा  निर्माण गर्दथे । पसल-टहराका अग्रिम बुकिङका लागि  मुस्लिम समुदायका मानिस श्रङ्गारका सरसामान  लिएर जाने गर्दथे  ।

यसै गरी चुँदराहरु काठका ठेकी, फाम, गौवा लगायतका भाँडाकुँडाहरु , भुजेल तथा प्रजाहरु मान्द्रा, भकारी , नाङलो, नाम्लो, लगायतका बाँस तथा बेतका सामाग्रीहरु, कामी तथा स्थानीय सिल्पकारहरु कुटो कोदालो, हंसिया, खड्ग तरवार गायतका कृर्षिऔजार तथा घरायसी हतियारहरु , च्याङलिङका कुमालहरु उखु तथा खुदोजन्य बस्तुहरु, राइनासटारका वासिन्दा बदाम तथा सखरखण्डहरु बिक्री गर्न आउने गर्दथे । 

आमजनताको आस्थाको केन्द्र कृपेश्वर महादेवको दर्शन गर्न राइनासे टोली  तार्कुघाट तरेर र सातमुहाने देउराली, पोल्याङ् , एवं हंसपुरेहरु शिःसाघाट तरेर पुतलीबजार आउने जाने गर्दथे ।  काठमाण्डौ तथा पोखराबाट आउने बटुवाहरु पनि बाटोमा  प्रसस्तै  देखिन्थे । भगवान प्रति आस्थाका रुपमा पूजा गर्न आएका श्रध्दालु भक्तहरु र गीत संगीतमा रम्ने  १५ देखि २० खालमा सहभागिता  जनाउने गिताङ्गेहरु र छेलो हान्ने युवाहरु ओइरने गर्दथे । गीत सुन्नकै लागि यस वरपरका विद्यार्थी, शिक्षक, अभिभावक, आमन्त्रित अतिथि तथा परपाहुनाहरुको राम्रै जमघट हुने गर्दथ्यो । विजयी प्रतियोगीहरुलाई बोकेर मन्दिर घुमाउने , पैसाको फूलमाला लगाएर सम्मान गर्नेहरुको संख्या पनि उल्लेखनीय रहने गर्दथ्यो । हिंजोको जल्दोबल्दो पुतलीबजारको अवस्था अहिले अत्यन्त दयनीय बन्दै गएको छ ।

नेपाल एकीकरण अभीयानका वीर योध्दा जनरल अमरसिंह थापाले काठमाण्डौदेखि तेलिया इट्टाहरु मगाएर बनाइदिएको सत्तल जीर्ण भएपछि जिर्णोध्दारकोे  अभावले धरासयी भइसकेको  छ । पुतलीबजार वरीपरि बस्ने ,सेढाई, पौडेल, खत्री, गौली , जोशी, अधिकारी, मगर, गुरुङ,  नेवारहरुनै यहाँका पुराना वासिन्दाहरु हुन् । काशीनाथ र नारायणदत्त सेढाईहरुले पूजा व्यवस्थापनका लागि निजीगुठी राख्ने र कुन्छाबजारका रत्नकुमार श्रेष्ठले जीर्ण भएको पुरानो सत्तलपाटीलाई नयाँ निर्माण  गरिदिएका हुन् भनिन्छ । यहाँका टाठाबाठा तथा बुध्दिजीविहरुले रुपाकोटको बसाइलाई बिट मारेर बेसीसहर, डुम्रे , दमौली र काठमाण्डौ तिर बसाइसरेका हुन् । त्यहाँका वासिन्दाहरुले चल्ती फिर्तीको पुतलीबजार मायाँ मारेर सुगमका स्थानहरुमा रोजेपछि पुतलीबजारको स्थिति दयनीय बन्दै गएको हो भन्दा फरक नपर्ला ।

हरेक वर्षको पुतलीबजारको मेलामा श्रृङ्गारका सरसामान बिक्री गर्न जाने मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरु पनि त्यहाँको बसाइलाई बिट मार्दै कोही बेसीसहर, कोही तुरतुरे, कोही डुम्रे र कोही दमौली बजार बसाइ सर्न पुगेका छन् । ठाडोभाका लोकगीतको हिउँदे राजधानी मानिने पुतलीबजार वर्षे राजधानी मानिने कर्पुटार भन्दा रतिभर कम थिएन । स्थानीय निकायको अदुर्दर्शिताको कारण पुतलीबजारले आफ्नो गरिमालाई जोगाउन नसकेको देखिन्छ ।

(• वस्न्यात इतिहास, परम्परा , संस्कार र संस्कृतिका विषयमा कलम चलाउँछन् । )
  

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button