प्रहार समाचार । काठमाडौं, ७ बैशाख २०८३ सोमबार । गृह मन्त्री सुदन गुरुङद्वारा आरोपबारे स्पष्टीकरण आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका छन् । “हल्ला होइन, प्रमाणका आधारमा निर्णय होस्” भनि गृह मन्त्रि गुरुङ ले आफ्नो नाम जोडेर सार्वजनिक रूपमा उठिरहेका विभिन्न आरोपबारे विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा “सेयर लुकाइएको”, “विवादित व्यक्तिसँग साझेदारी” र “स्वार्थको द्वन्द्व ” जस्ता विषयमा चर्चा बढेपछि उनले स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

मन्त्री गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपको खण्डन गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरतर्फ २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरेको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनले स्पष्ट पारे।उनका अनुसार सेयर खरिद गर्नु अपराध नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ च्यानलमार्फत पारदर्शी रूपमा भएको दाबी गरे। लगानीको स्रोतसमेत स्पष्ट पार्दै उनले २०८०/०५/२९ मा लिखित तमसुकमार्फत लिएको ऋणबाट उक्त रकम जुटाइएको र बैंक रेकर्डमार्फत प्रमाणित हुने बताए।“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले एउटै कम्पनीमा हजारौँ सेयरधनी हुने भएकाले सेयरधनी हुनु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे।

सोही कम्पनीमा मिडिया हाउस र बैंकहरूको समेत लगानी रहेको उल्लेख गर्दै चयनात्मक रूपमा आरोप लगाउनु न्यायोचित नभएको उनको भनाइ छ।त्यसैगरी “स्वार्थको द्वन्द्व” सम्बन्धी विषय गृह मन्त्रालयअन्तर्गत नपर्ने र Department of Money Laundering Investigation ले कानुनी प्रक्रिया अनुसार छानबिन गरिरहेको जानकारी दिए। आफूले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको बताए। लगानी गर्दा पृष्ठभूमि नजाँची गरिएको भन्ने आरोपबारे उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछिका घटनालाई अघिको निर्णयसँग जोडेर व्याख्या गर्नु उचित नहुने बताए। अन्त्यमा मन्त्री गुरुङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिए। साथै पार्टीले गर्ने हरेक निर्णय मान्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्



























