हेडलाईनव्याससमाचारगण्डकी

गरिबी पहिचान सूचीमा असन्तुष्टि जनाउन व्यास नगरले दियो १५ दिनको समय

प्रहार समाचार । तनहुँ, ७ वैशाख २०८३ सोमबार । तनहुँको व्यास नगरपालिकाले गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तर्गत सार्वजनिक गरेको प्रारम्भिक सूचीप्रति असन्तुष्टि जनाउने नगरवासीलाई १५ दिनभित्र गुनासो दर्ता गर्न आह्वान गरेको छ। सूचीमा समावेश विवरणमा त्रुटि वा असहमति भए आवश्यक प्रमाणसहित सम्बन्धित वडा कार्यालयमै निवेदन दिन सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्याङ्क विश्लेषणपछि प्राप्त सूचीलाई नगरपालिकाले सबै १४ वटै वडा कार्यालयमा टाँस गर्नुका साथै आफ्नो आधिकारिक वेबसाइटमार्फत पनि सार्वजनिक गरेको जनाएको छ।

यसबाट नागरिकलाई सहज रूपमा जानकारी लिन र आफ्नो अवस्थाबारे स्पष्ट हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।नगरपालिकाका अनुसार प्राप्त गुनासोमाथि सम्बन्धित निकायबाट पुनः परीक्षण गरिनेछ र त्यसैका आधारमा अन्तिम सूची प्रकाशन गरिनेछ। वास्तविक गरिब घरपरिवार पहिचानमा पारदर्शिता र निष्पक्षता कायम गर्न यो प्रक्रिया अपनाइएको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button