विचारप्रदेश

भ्रष्ट काङ्ग्रेस, भ्रष्टाचारी बनाइएका गोविन्दराज जोशी ! – दीपकराज जोशी

२० वर्षअघि दायर भएको भ्रष्टाचार मुद्दामा पङ्क्तिकारका पिता गोविन्दराज जोशीलाई हालैमात्र सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै ६९ लाख १५ हजार रुपैयाँ विगोसहित ९ माहिनाको कैद सजाय सुनाएको छ । तर जुन मुद्दामा दोषी प्रमाणित गरियो सो मुद्दा के आधारमा लगाइएको हो र कसरी फसाइयो भन्नेतर्फ विचार नै नगरी कसैमाथि खनिने र दाग लगाएरै छाड्ने नियतवश गरिएको षड्यन्त्रलाई ‘कानुनी राज्य’मा गम्भीर ढंगले लिइएन । यो देशमा कसले कति भ्रष्टाचार गऱ्यो भनेर सबैलाई थाहा छ । सो विषयमा अब गोविन्दराज जोशीले पनि खोल्लान्, खोल्नुपर्छ पनि- काङ्ग्रेसमा कसले, कसरी, कहाँ, किन भ्रष्टाचार गऱ्यो भनेर ! कसले कति कहाँ थैली बुझायो भनेर ! किनभने, जनमानसमा यो कुराको चुरो पुग्नु अत्यन्तै जरुरी छ, ताकि भविष्यमा राज्य सञ्चालन ब्वाँसाहरूको हातमा नजाओस् ।

गजबको कुरा त के छ भने, जोशी आफैँ गृहमन्त्री भएको बेला प्रतिनिधिसभामा भ्रष्टाचार नियन्त्रण ऐनको संशोधन विधेयक पेश गरेका थिए । विधेयकमा सार्वजनिक पदमा रहेकाहरूले अस्वभाविक जीवनस्तर अपनाएको देखिएमा अख्तियारले छानविन गर्नसक्ने र सम्पत्तिको स्रोत खुल्न नसकेमा भ्रष्टाचार मुद्दा दायर हुने उल्लेख थियो । तर विडम्बना के भने उनी आफैँले ल्याएको विधेयक प्रयोग गरेर उनलाई नै फसाइयो ।

राजनीतिमा कसैलाई प्रयोग गरेर फ्याँक्ने चलन नयाँ होइन । कुनै बेला गिरिजाप्रसाद कोइरालाले गोविन्दराज जोशीलाई नसोधी कुनै पनि काम गर्दैनथे । कालान्तरमा कोइराला परिवार नै जोशीको विरुद्ध उत्रियो । किन उत्रियो ? कसरी उत्रियो ? केका लागि उत्रियो ? र, कस-कसलाई प्रयोग गरियो भन्ने कुरा बिस्तारै आउनेछ । गोविन्दराजको राजनीतिक छविमाथि दाग लगाउन र चरित्र हत्या गर्ने नियतले ग्राण्ड डिजाइनसहित यो मुद्दा लगाइएको छ । राजनीतिलाई फोहरी खेलमा रूपान्तरण गर्नेहरूले यी र यस्ता मुद्दाको सहायताले कसैको छबि बिगार्ने प्रचलन नौलो पनि होइन । नेपालको राजनीति कति फोहोरी छ भन्ने कुरामा जनता अनविज्ञ नै छन् ।

गोविन्दराज जोशीको जीवनशैली कस्तो छ ? कसरी बसेका छन् ? कुन गाडी चढ्छन् ? उनको परिवारको जीवनशैली कस्तो छ ? त्यति हेर्नुभयो भने मात्रैपनि उनले भ्रष्टाचार गरेका छन् कि छैनन् भनेर प्रष्ट हुन्छ । पार्टीका तर्फबाट यदि भ्रष्टाचारै गरेको भए कहिले कुन निर्णय गर्दा भ्रष्टाचार भयो ? त्यसमा कस-कसको मिलेमतो छ भन्ने कुराको छानबिन हुनुपर्छ कि पर्दैन ? राजनीति कहिलेकाहीँ यति निर्मम हुन्छ कि दुध पिलाएर पालेको सर्प जस्तो ! जुन पार्टीलाई जोशीले जीवन दिए त्यो पार्टीले आफ्नो स्वार्थ परिपूर्ति गर्न उनलाई बलीको बोको बनायो । यसलाई राजनीति होइन लाजनीति भनिन्छ ।

गोविन्दराज जोशीलाई भ्रष्टाचारको मुद्दामा मुछेर जिन्दगीभर काङ्ग्रेसको बाटो सफा गर्नेहरूलाई यो चेतना हुनु जरुरी छ कि जोशीको जीवनस्तर बहुदल आउनुभन्दा अगाडि नै धेरै राम्रो थियो । उनी गाउँको धनी मुखियाका छोरा हुन् । दमौली बजारको बीचमा घर थियो । तनहुँ, लमजुङ, कास्की र गोर्खामा उनले कर्मथलो बनाएर गरेको वकालतले आफ्नै नाम बनाएका थिए । धेरैजसो मुद्दामा बहस गर्न उनैलाई बोलाइन्थ्यो । उनी नेपाली राजनीतिमा चप्पल लगाएर छिरेर जुत्ता लगाएर निस्केका मान्छे पनि होइनन् । नेपाली राजनीतिमा आउनुभन्दा पहिलादेखि नै उनले आफ्नो छवि बनाइसकेका थिए ।

सन् १९९१ को दशकमा थोत्रो स्कुटर चढ्ने महारानीहरू अहिले अर्बौंको सम्पत्तिको हकदार बनेका छन् । वंशवादको नाममा राजनीति गर्दै काङ्ग्रेसका मन्त्रीहरूसँग गुण्डाहरूले हप्ता मागेजस्तै पैसा उठाउने ठूलै नेताका परिवारको हैसियत हिजो के थियो र आज के छ भन्ने पनि प्रष्टै छ । कुनै बेला चप्पल पड्काएर, अर्काले किनिदिएको कपडा लगाउने नेपाली राजनीतिमा आएका नेपाली काङ्ग्रेसका नेताहरू जसले जिन्दगीभर काम गरेनन् र पनि अहिले उनीहरूसँग अर्बौंको सम्पत्ति छ । त्यसको लेखाजोखा कसले गर्ने हो ? कहिले गर्ने हो ? र, आजसम्म किन गरिएको छैन ।

फक्रिनुपर्छ, आफ्नै देशमा केही गर्नुपर्छ भनेर स्वदेश फर्किएको मलाई यतिबेला राज्यले नयाँ परिचय दिएको छ, त्यो हो- भ्रष्टाचारीको छोरो ! जसले मलाई थुप्रै प्रश्नहरूको जवाफ खोज्न बाध्य बनाइरहेको छ । अझै भनौँ आफैंभित्र सवालजवाफको जुहारी चलिरहेको छ ।

म अदालतले भ्रष्टाचारी ठहर गरेको गोविन्दराज जोशीको छोरा हुँ । पेशाले म इन्जिनियर हुँ । १७ वर्ष मैले अमेरिकामा काम गरेँ । सन् २०१४ मा नेपाल सधैंको लागि भनेर स्वदेश फर्केर आएँ । अमेरिकन ग्रीन कार्ड अमेरिकन दूतावासमा लगेर बुझाएँ । मैले मेरो जीवनशैलीको बारेमा धेरै कुरा भन्नु छैन । म अहिले पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, म अरुले प्रयोग गरेको पुरानो कपडा लगाउँछु । बिहान ब्रह्म मुहुर्तमा उठ्छु । योग प्राणायाम गर्छु । सूर्य अस्तपछि खाना खाँदिनँ । भिगन जीवनशैली अपनाएको छु । मान्छे पदमा पुगेपछि उनीहरूले आफ्नो परिवारको लागि भ्रष्टाचार गर्छन् भनेर सुनेको हुँ, तर मेरो बुबाले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति मैले देखेको छैन । भएको भए देख्ने थिएँ होला ।


अहिले पनि मेरो टाउकोमा चोटहरू देख्न सकिन्छ । त्यही निर्वाचनमा मतगणना गर्दा धाँधली भयो भनेर पोखरा उच्च अदालतले पुनः मतगणना गर्ने आदेश दियो तर त्यो आदेश कार्यान्वयन हुनुको सट्टा सोही अदालतका रजिस्ट्रारले सर्वोच्चमा मुद्दा चलेको हुनाले पुनः मतगणना गर्न नमिल्ने भनेर फैसला गरिदिनुभयो । न्यायाधीशले गरेको निर्णयलाई रजिस्ट्रारले बदर गरेको मैले पहिलोचोटि सुनेको र देखेको हुँ ।

खुमबहादुर खड्काले पनि बताइसक्नुभएको हो) ? कुन युवा नेताले भारतीय दूतावासबाट भत्ता खाएर भारतको लागि काम गर्थे ? क्याबिनेटमा भएका निर्णयहरू सिधै दूतावासमा कसरी जान्थे ? काङ्ग्रेसको सदस्य भएको नाताले गोविन्दराज जोशीलगायत सबै नेताहरूले नीतिगत घोटालाको जिम्मेवारी लिनुपर्छ ।

मैले यसरी लेखिरहँदा यो दाबी गर्न खोजेको होइन कि मेरो बुबा दुधले नुहाउनुभएको छ । नेपाली काङ्ग्रेसको सदस्य भएको नाताले र पार्टीगत भूमिका निर्वाह गर्ने क्रममा गोविन्दराज जोशीलगायत सबै नेताहरूले पार्टीको लागि गरेको संस्थागत र नीतिगत रुपमा भएका त्रुटीहरूको जिम्मेवारी लिनैपर्छ । यदि काङ्ग्रेसले संस्थागत भ्रष्टाचार र नीतिगत नराम्रा काम र घोटालाहरूको जिम्मेवारी बहन गऱ्यो भने पार्टीका ९९ प्रतिशत मान्छेहरू कारबाहीमा पर्नेछन् । व्यक्तिगत रूपमा झन्डै ६० प्रतिशत काङ्ग्रेसका नेताले घोटाला गरेका छन् । तर व्यक्तिगत रूपमा हाम्रो परिवारले देशको सम्पति हिनामिना गरेको छैन । गरेको छ भने केमा गरेको छ प्रस्ट पारिदिनुहोला । व्यक्तिगत रूपमा हाम्रो परिवारले देशको सम्पति हिनामिना गरेको छैन, बरु ज-जसले गरे उनीहरूले जोशीलाई फसाएको प्रस्ट देखिन्छ ।
सरुवा-बढुवामा पैसा खान नसक्नु, गृहमन्त्री हुँदा नागरिकता बेच्न नसक्नु, तिब्बती नागरिकलाई नेपाली नागरिक बनाएर पैसा नकमाउनु, एयरपोर्टबाट सुन ओसार्न नसक्नु, कुनै पनि उद्योगधन्दामा लगानी नगर्नु, आफ्ना छोराछोरी सबैलाई एक/एकवटा घर नबनाइदिनु, यतिसम्म कि पद र प्रतिष्ठाको गलत प्रयोग नहोस् भन्नका खातिर आफ्ना सन्तान समेतलाई आफ्नोे नजिक नराख्नु र, अरू थुप्रै यस्तै-यस्तै काम नगरेको हुनाले अदालतले उहाँलाई सजाय दिएको हो । माथि भनिएका यी सबै कुरा अरु मन्त्रीहरूले गरे कि गरेनन् ? उनका परिवारले कसरी शक्तिको दुरुपयोग गरे ? त्यसबारे पनि थोरै अनुसन्धान गर्नुभयो भने यहाँहरूलाई प्रष्टै हुन्छ । हामी कलियुगमा छौँ, त्यसैले सजाय त्यो व्यक्तिले पाउँछ जो निर्दोष हुन्छ !

जानकारी गराएँ । भोलि बेलुकासम्ममा प्रधानमन्त्रीज्यूलाई सात लाख रूपैयाँ उपलब्ध गराउन नसके आफूलाई अप्ठ्यारो पर्न सक्ने सम्भावनाबारे पनि उनलाई अवगत गराएँ । मेरो सकस बुझिसकेपछि सचिवज्यूले भन्नुभयो, ‘ठीकै छ, मन्त्रीज्यू म भोलिसम्म केही उपाय निकालौँला ।’ सचिवले यति भनेपछि मैले निकै ठूलो राहत महसुस गरेँ । भोलिपल्ट बिहानै म मन्त्रालय पुगेँ । म पुगेको केही बेरपछि सचिवजी मेरो च्याम्बरमा आउनुभयो र एउटा ब्रिफकेस मेरो टेबुलमा छोडेर जानुभयो । मैले खोलेर हेरेँ, दश लाख रूपैयाँ थियो । त्यसबाट सात लाख रूपैयाँ गिरिजाबाबुकहाँ पठाइदिएँ र तीन लाख रूपैयाँ अरू कुन नेताकहाँ पुऱ्याएँ, त्योचाहिँ अहिले नभनौँ । यस घटनापछि गिरिजाबाबुले केही साताको अन्तरालमा निश्चित रकम मागिरहने र मैले जसरी भएपनि व्यवस्थापन गरिरहनुपर्ने क्रम चलिरह्यो । आखिर बदनामीजति मैले कमाएँ ।’
देवप्रकाश त्रिपाठीको लेख ‘नेता खुमबहादुरसँगका केही रोचक सम्झना ‘ बाट )

पार्टीका सबै ठूला नेताहरूले माथि भनिएजस्तै निश्चित रकम मागिरहने र नेपाली काङ्ग्रेसबाट मन्त्री भएकाहरू वा विभिन्न पदमा नियुक्ति लिएकाहरूले जसरी भए पनि व्यवस्थापन गरिरहनुपर्ने परम्परा नेपाली काङ्ग्रेसमा चली नै रह्यो । भ्रष्टाचारको आजको विकराल रूपको बिजारोपण प्रजातन्त्र आउँदादेखि नै काङ्ग्रेसले शुरूवात गरेको थियो । चोरलाई चौतारो र साधुलाई सुलीको नियतिमा नेपाली काङ्ग्रेस अघि बढिरहेको छ ।

खुमबहादुर खड्काले भन्न बाँकी रहेका कुराहरू अब गोविन्दराज जोशीले भन्नेछन् । खड्काले त्यो बेला लिन नसकेका ठूला नाम र काण्डहरू अब जोशीले खोल्नेछन् ।

तपाईं आज पनि हाम्रो घरमा आउन चाहनुहुन्छ भने आउनुस् तपाईंलाई यो देशले भ्रष्टाचारी ठहऱ्याएको गोविन्दराज जोशीको घरमा निमन्त्रणा छ । हामीसँग तीन/चार दिन बस्नुहोस् । हामीसँगै खाना/खाजा खानुहोस्, त्यसपछि पनि तपाईंलाई गोविन्दराज जोशीले भ्रष्टाचार गरेको गन्ध आयो भने तपाईंको घरमा बाँकी जीवन नोकर भएर बस्ने प्रतिज्ञा गर्छु । यदि भ्रष्टाचारको गन्ध आएन भने मेरो परिवारले २२ वर्षसम्म भोगेको मानसिक यातनाको क्षतिपूर्ति के हुन्छ र कुन कुराले परिपुर्ति गर्दछ ? यो सवाल पनि यहाँनेर गर्नु वान्छनीय नै होला ।
खराबहरूलाई लागिरहन्छ कि यो कमजोर हो, चुप लागिरहन्छ । सत्य मीठो हुँदैन र सुनिँदैन, साथै धेरै लामो समयसम्म लुक्दैन पनि । आउनुहोस्, हामी सबै मिलेर समाजलाई सुसूचित गर्ने एउटा लडाइँमा सँगै हिँडौँ, एकताको भावना जागरुक गरौँ र समाजलाई सही मार्गदर्शन गरौँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button