हेडलाईनव्याससमाचारगण्डकी

साइबर सचेतना र एआई साक्षरतामा जोड : तनहुँको दमौलीमा प्रशिक्षण सम्पन्न

प्रहार समाचार । तनहुँ, २१ बैशाख २०८३ सोमबार । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै देखिँदै गएको साइबर अपराध नियन्त्रण र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भएको छ। कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) तनहुँको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगबारे व्यापक छलफल भएको थियो।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रविधिको दुरुपयोगले समाजमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै साइबर अपराध न्यूनिकरणका लागि जनचेतना, कानुनी कार्यान्वयन र प्रविधिमैत्री नीति आवश्यक रहेको बताए। उनले एआई जस्ता आधुनिक प्रविधिलाई सही ढंगले उपयोग गर्न सके विकासको गति तीव्र बनाउन सकिने धारणा राखे।

क्यान महासंघका केन्द्रीय सदस्य चिन्तामणि वास्तोलाले सूचना प्रविधिको विस्तारसँगै सुरक्षाका पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यसैगरी क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुननिधि पाण्डेले डिजिटल युगमा दक्ष जनशक्ति उत्पादन अपरिहार्य भएको उल्लेख गर्दै यस्ता प्रशिक्षणले स्थानीय तहमा प्रविधि साक्षरता बढाउने विश्वास व्यक्त गरे।

मुख्य प्रशिक्षक कम्प्युटर विज्ञ दीपकराज गिरीले सहभागीहरूलाई साइबर अपराधका स्वरूप, त्यसबाट बच्ने उपाय तथा एआईको व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिएका थिए। उनले डिजिटल सुरक्षा व्यक्तिगत सतर्कताबाटै सुरु हुने भएकाले हरेक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्ने बताए।

क्यान महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व अध्यक्ष तुल्सीराम पाण्डेले प्रविधि विकाससँगै नैतिक प्रयोगमा ध्यान दिन आग्रह गरे।त्यस अवसरमा क्यान महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण बस्याल, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्ख, क्यान तनहुँका संस्थापक अध्यक्ष खेमराज अधिकारी, पूर्व अध्यक्षहरू इन्द्रबहादुर थापा, टिकराम पनेरु, निवर्तमान अध्यक्ष विश्वप्रकाश भुषाल तथा उपाध्यक्ष सीता पाण्डे लगायतले प्रविधि क्षेत्रको विकास र सुरक्षित प्रयोगबारे आ-आफ्ना धारणा राखेका थिए।

क्यान महासंघ तनहुँका अध्यक्ष सुशीलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मीन कुँवरले गरेका थिए। कार्यक्रममा विद्यार्थी, व्यवसायी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button