हेडलाईनसमाचारबागमती

मुख्यमन्त्रीकै घरमा छापा : सत्ताको केन्द्रमै प्रश्नको घेरा

प्रहार समाचार । काठमाडौं, २१ बैशाख २०८३ सोमबार । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेको संकेत गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार उनका विभिन्न स्थानमा रहेका घर तथा कार्यालयमा एकैपटक छापा मारेको छ।

काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयदेखि हेटौंडास्थित निवास र कार्यकक्षसम्म विभागको टोली पुगेपछि प्रदेश सरकारकै नेतृत्वमा रहेका व्यक्तिमाथि उठेको शंकाले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापति, संसदीय दल नेता र मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बानियाँमाथि भएको यो कारबाहीलाई सामान्य अनुसन्धानभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। स्रोतका अनुसार आर्थिक कारोबार र सम्पत्ति स्रोतको पारदर्शितामाथि प्रश्न उठेपछि विभागले यो कदम चालेको हो। सत्ताको उच्च तहमा रहेका व्यक्तिमाथि नै छापा परेपछि सुशासन, पारदर्शिता र राजनीतिक नैतिकतामाथि पुनः बहस चुलिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button