साहित्यप्रदेश

कविता :  मेराे बा

धेरै  याद  त  छैन  बाहिर   बसे ,  लामाे   घडी   सम्म   जाे
जेजे  याद  छ  याे झिनाे  मगजमा , सङ्क्षेपमा लेख्छु  याे
ल्याई  धार्मिक  ती  किताब  घरमा , दिन्थे  पढेस्  है  भनी
पर्दै  मख्ख  किताब  ती   दिनदिनै , पढ्थेँ  म  ज्ञानी  बनी।।

बाकाे   काेसिस  नै   भएन  कहिल्यै , पैसा  कमाऊँ  भनी
पुर्खाको  धन   याे  तथा  जमिनले , भन्थे   यसै  पुग्छ  नि
आफ्ना   सन्ततिको  नि   याद  नगरी , छाडेर   एक्लै  रहे
माया , माेह ,  लगाव,  लालच   सबै ,  त्यागेर  याेगी  भए ।।

चाेला  याे  बुझ  त्याग  गर्न  बनियो , भन्दै  सिकाए  सधैँ
आफ्नाे  कर्म  खुदै  छ  गर्नु   जनले , भन्दै   पढाए   खुबै
देखेको    कहने     नियन्त्रण    कतै  ,   गर्दै   नगर्ने   मन
याे  आशक्ति   सबै  निरर्थ  छ  भनी , गर्थे   निकै  मन्थन ।।

मेरा  बा  अति   नै   विचित्र   मनका , वास्तै  नगर्ने   घर
ठग्ने   कर्म   कतै  भएन  जगमा , आत्मा   थियो  सुन्दर
भेटे  साधु  र  सन्त  नित्य  घरमा , बानी  थियो  ल्याउने
हप्की  झट्ट   दिने   कतै  भुल   हुँदा , हुन्थेन   सम्झाउने।।

तेराे  बा  अति  नै  दयालु   मनका , भन्छन्   कसैले  यहीँ
तेराे  बा  हँसिला  निमग्न  रसिला , दानी  थिए भन्छ  क्वै
तेरा  बा  गुनिलो  सहायक  थिए  , भन्छन्   छिमेकी  जन
तेराे  बा  मनका  वडाे असल  हुन् , भन्छन्  अरू  सज्जन ।।

बाेल्थे ती  नमिठो  रुखाे  वचनले , भन्छन्  यहाँ  क्वै  जन
क्वै  भन्छन्  नमिठो भए नि  दिलका, राम्रा  थिए  सज्जन
क्वै   भन्छन्   निठुरी  कठाेर   घरकाे ,  वास्तै  नगर्ने  जन
क्वै  भन्छन्  सब  पुत्र  खातिर थियो , सङ्घर्षकाे  शिक्षण।।

मेराे  कर्म   बिहे    सकेर   उनमा ,  देख्याैँ    ठुलाे  अन्तर
गर्ने   काम  सबै   सकेँ   अब   भनी ,  छाडे   तुरुन्तै   घर
भन्थे  जान्छु  सबै  भुलेर  अब  याे , के  बाँच्नु आसक्त भै
छाडे   याे   घर   देवघाट   मठमा ,  बस्ने  भए   भक्त   भै ।।

अर्काको  घर   चाड  पर्वहरुमा , देख्थ्याैँ   खुशी  ती  सबै
प्रायः  चाड  र   पर्वका  समयमा , सम्झेर   रून्थ्याैँ   खुबै
दुख्थ्यो  चित्त   उनी  सधैँ  पर  हुँदा , बाबा  भए  ता  पनि
बिस्तारै  मन  याे  बुझाउन  सकेँ , लेखा  त  हाे  याे  भनी ।।

आर्मी    जागिरकाे   सदैव   उनले ,  लिन्थे   खुदै   पेन्सन
बर्षाैँ   जागिरमा   रमेर   पनि   त्यो ,  वैराग्य  आयाे  किन?
याे   सानाे   घरबार  धान्न   सकिने ,  राम्रै   थियो   है  धन
त्याे   वैराग्य   कसाे  गरी  हुन   गयाे , बुझ्नै  सकेनाैँ   मन।।

राेगी   दुर्बल  ती  बने  र   घरमा ,  ल्यायाैँ   जसै  अन्त्यमा
देख्याैँ   त्यो  मनिलाे  मुहार  उनकाे ,  झन्डै   दसाैँ   बर्षमा
बिस्तारै अति  रूग्ण भाे  बदन  त्यो, झन्  क्षीण बन्दै  गयाे
तेस्राे    बर्ष   शरीर   माेचन   भयो ,  कैलाश   यात्रा  भयो।।

तिम्रो  पुत्र  म  हूँ   शरीर  सब  याे ,  तिम्रै  म  मा  अंश  छ
भावी  सन्तति   ती  सबै  अब   हुने , तिम्रै  त   हून्  वंशज
पैले  दिक्क  थिएँ  बुझेँ  म  अहिले , जे  भाे  ठिकै  नै भयाे
जाे  कर्तव्य  सकी  सभक्ति  मठमा , बस्छन्  भने पुण्य  हाे।।

ईर्ष्या   लाेभ   कतै   थिएन  जसको ,  वैराग्य  भाे   साैरभ
त्यागी  सन्त   थिए   बुवा   र   मनमा , लाग्दैछ   याे  गाैरव
ठट्याैलाे   रसिलो  स्वभाव  उनकाे, सम्झेर  त्यो  झल्झली
मानी   गाैरव   याे   पवित्र   मनले ,  अर्पन्छु    श्रद्धाञ्जली!!

  • म्याग्दे ३, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button