हेडलाईनसमाचारबागमती

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान, राजनीतिक गतिविधि पुनः तात्ने संकेत

प्रहार समाचार । काठमाडौं, २२ वैशाख २०८३ मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आगामी वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । ह

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने अधिवेशनले समसामयिक राजनीतिक तथा विधायिकी प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।

संसद् बैठकसँगै राजनीतिक वृत्त फेरि चलायमान हुने संकेत देखिएको छ। सरकारका प्राथमिकता, आगामी नीति तथा कार्यक्रम, साथै विभिन्न विधेयकहरू अघि बढाउने तयारीका बीच संसद् अधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सत्ता र प्रतिपक्षबीचका बहस, सहमति र द्वन्द्वले आगामी दिनमा संसद् कत्तिको प्रभावकारी हुन्छ भन्नेमा चासो केन्द्रित भएको देखिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button