विचारप्रदेश

सम्पादकीय …निरङ्कुश र स्वेच्छाचारीको परिणाम

जब एउटा शासक  जनतामाथि निरंकुश , तानाशाह र मनपर्दी गर्दछ भने उसको हालत के हुन्छ त्यो अवश्य पनि जनताले देखाइदिनेछन् ।

यस्तै भयो हिंजो श्रीलङ्कामा । पछिल्लो तीन वर्षमा अफगानिस्तान श्रीलङ्का हुँदै बङ्गलादेशका सरकार प्रमुखले देश छाडेर भाग्नुपर्ने स्थितिको सिर्जना किन हुन पुग्यो ? ठूलो प्रश्न चिन्ह खडा भएको छ।
श्रीलङ्काको घटनाले हाम्रो देश र अन्य देशका शासकहरूलाई पनि पक्कै झस्काएको हुनुपर्छ। शासन आम जनताको हित भलाई र उनीहरूको पक्षमा हुनुपर्छ न कि व्यक्तिवादी प्रवृत्ति, संकीर्ण  घेरा र लोभ लालचका बीच ।
सामान्य विषयको माग थियो विद्यार्थीको । ।कोटा प्रणालीको विरोध गरेका थिए विद्यार्थीले।  कोटा प्रणाली विरुद्ध भएको आन्दोलन सत्ता सञ्चालनले गरेको स्वेच्छाचारी र दमनले आन्दोलनको आँधी हुरी ल्याइदियो। परिणाम  सरकार विरोधीको रुप लियो।
आफ्नो जिउ ज्यानको कुनै प्रवाह नगरी कर्फ्युको बीचमा पनि लाखौं लाख जनता लङ मार्च गरेर सडकमा उत्रिए ।जनताको तागतका अगाडि बन्दुकको नालको केही लागेन अन्ततः प्रधानमन्त्री शेख हसिनाले देशै छान्नुपर्ने सम्मको स्थिति पैदा हुन पुग्यो।
जनताको मान प्रतिष्ठा र इज्जतमा जब ठेस लाग्छ, जब देशमा सुशासन हुँदैन,  तब विद्रोहको आँधी हुरीलाई संसारको कुनै पनि शासकले रोक्न र थेग्न सक्दैन। आम जनताको हितका लागि शासकले काम गर्नुपर्ने पर्छ। जनप्रतिनिधिले जनताको भावना इच्छा चाहना अनुरुप शासकले काम नगरेको परिणाम हो हसिनाको बहिर्गमन यसले जनतामाथि शासन गर्नेहरुलाई राम्रै पाठ सिकाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button