• विजय अधिकारी ( लमजुङ संवाददाता ) l २१ साउन २०८१ सोमवार । लमजुङको बेसीशहर वडा नम्बर -३, बाहुन बेसी स्थायी घर भई हाल घोराही उप-महानगरपालिका वडा नम्बर -१८,तुलसीपुर बस्दै आएका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपालकै उत्कृष्ट अंक ल्याउन सकल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को वोर्ड परीक्षामा गोरखा उ.मा.वि. तुलसीपुरबाट उत्सवले ३ दशमलव ९६ जिपिए प्राप्त गरि देशकै उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले दावी गरेका छन् ।
उत्सव पढाइमा मात्र नभएर अन्य कार्यक्रममा पनि सधै प्रथम र द्दितिय हुने गरेको र एसइईमा पनि जिल्ला प्रथम भएको प्रधानाध्यापक घर्ती बताउछन् ।
२०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई त्यही ठाउँमा पढाउदै आएका थिए ।
उत्सवकी आमा हिन्दु घिमिरे(अधिकारी) भन्छिन – ‘ मेरो बाबु कक्षा -१,मा विद्यालयमा भर्ना भए देखि कहिलै दोस्रा भएन’ ।
उत्सवका बुबा उत्तम घिमिरे भन्छन् – ‘उत्सव भविस्यमा डाक्टर बन्ने लक्ष्य लिएर अगाडि बढेको र कक्षा १२ को परीक्षा दिएर सके सङ्गै एम वि वि एसको तयारी गरिरहेको छ’ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा -१२ को परीक्षामा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले व्यवस्थापन संकायमा जिल्ला उत्कृष्ट नतिजा ल्यायको दावी गरेको छ । संकाय प्रमुख डम्बर डागीका अनुसार – गोरखा तुलसीपुरबाट कोमल के.सि.३ दशमलव ८५ जिपिए ल्याएर जिल्ला प्रथम भएका छन्। यो सहित विद्यालयले लगातार तीन बर्ष सम्म जिल्ला प्रथम हुन सफल भएको उनको दावी छ ।

























