• विजय अधिकारी । (लमजुङ संवाददाता ) l २१ साउन २०८१ सोमवार । लमजुङको क्व्होलोसोथार गाउँ पालिका वडा नम्बर – ५ ,सिङ्दीमा रहेकोे वडा कार्यालयले आफ्नो गाउँमा घर भइ हाल पोखरामा बसिरहेका आफ्ना गाउँका बासिन्दाहरुलाई ऐकिकृत घुम्ती सिविरको आयोजना गरि पोखरामै गएर सेवा प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।

क्व्होलोसोथार गाउँपालिका वडा नम्बर – ५ , का वडा अध्यक्ष गितबहादुर गुरुङले ऐकिकृत शिविरको सञ्चालन गरि पोखरा बसोबास गर्दै आएका गाउँका बासिन्दालाई वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु पोखरामा पुगेर सेवा प्रदान गरेको बताए ।
उनले भने – बर्षा याममा गाउँ सम्म आउनलाई अहिले असहज परिस्थिति छ । पोखराका बासिन्दालाई ठाउँ – ठाउँमा सडक बाढीले बगाए पछी गाउँमा आउनु भन्दा गाउँमै जनप्रतिनिधि सहितको कर्मचारी पोखरा पुग्न सहज भएकोेले वडा कार्यालयले पोखरामा रहेका बासिन्दालाई समयमै सूचना दिएर पुगेर सेवा प्रदान गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
घुम्ती शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण , मालपोत कर , प्रशासनिक कार्य अन्तर्गत विभिन्न सिफारिस साथै जन्म , मृत्यु , विवाह , बसाइँसराइ लगाएतका घटना दर्ता गराउने काम गरिएको थियो ।
क्व्होलोसोथार गाउँपालिकाले चालू आ.व.का लागि साउन महिना भित्र सामाजिक सुरक्षा भत्ताको लाभग्राही नविकरण गर्ने वडाको निर्णय अनुसार नागरिकलाई सहजता प्रदान गर्न वडा कार्यालयले सक्रियता देखाएर पोखरामा रहेका बासिन्दालाई पोखरामा गएर गाउँले समाजको घरमा बोलाएर सामाजिक सुरक्षा भत्ता नविकरण , मालपोत कर भुक्तानी , विभिन्न सिफारिस लगाएतका सेवा प्रदान गरिएको थियो । वडा अध्यक्ष गुरुङकाले- शिविर मार्फत लमजुङ सिङ्दी घर भएर पनि पोखरा बस्दै आएका ३७ जना बासिन्दालाई प्रत्येक्ष सेवा दिइएको बताए । उक्त शिविरमा वडा अध्यक्ष गितबहादुर गुरुङ , सचिव पवित्रा विस्ट , कार्यालय सहायक स्मृति गुरुङ लगाएत कर्मचारीहरु खटिएका थिए ।
























