• विजय अधिकारी । ( लमजु संवाददाता ) २२ साउन २०८१ मङ्गलवार । मदन भण्डारी फाउन्डेसन लमजुङको अध्यक्षमा राजेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन । बेसीशहरमा सम्पन्न मदन भण्डारी फाउन्डेसन लमजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन बाट अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी फाउन्डेसनको जिल्ला उपाध्यक्षमा लक्ष्मी पोखरेल , सचिवमा जनकराज मिश्र , सह-सचिवमा महेन्द्र थापा र कोषाध्यक्षमा जगदीश पाण्डे सर्व- सम्मत चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा विमलप्रसाद अधिकारी , शरद बराल , सलिना श्रेष्ठ , विमला अधिकारी , तारानाथ घिमिरे , अच्युत घिमिरे , जिवराज घले , बिष्णुराज घिमिरे , शुभाष पौडेल चयन भएका छन । भने ३ सदस्य पछी थप गर्ने बताएका छन् ।
अधिवेशनमा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी , नेकपा एमाले लमजुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थियो भने कार्यक्रमको सहजीकरण नेकपा एमाले लमजुङका निवर्तमान सचिव सुभाष पौडेलले गरेक थिए।

























