हेडलाईनसमाचारप्रदेश

रुपन्देहीमा नेविसंघका उपसभापति मिश्रमाथि अखिल क्रान्तिकारीका नेताद्वारा खुकुरी प्रहार

प्रहार समाचा । २२ साउन २०८१ मङ्गलवार । रुपन्देहीमा नेविसंघका उपसभापति माथि अखिल क्रान्तिकारीका नेताले खुकुरी प्रहार गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार भएको हो ।

सोमवार केन्द्रीय आयुर्वेद क्याम्पसको हाताभित्रै पठनपाठन भैरहेको बेला क्याम्पसका बिद्यार्थी तथा नेबिसंघ केन्द्रीय आयुर्वेद क्याम्पसका उपसभापति मिश्रलाई अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववियु सचिव गणेश पौडेलले धारिलो हतियार प्रयोग गरेका हुन् । ज्यान मार्ने नियतले साङ्घातिक आक्रमण गरेको घटनाप्रति नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले घोर निन्दा एवं भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष कुलराज पोख्रेलले विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी दोषी उपर कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरि पीडितलाई न्याय प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै शैक्षिक सस्थाभित्र विद्यार्थीहरुलाई पठनपाठनका लागि सुरक्षाको प्रत्याभूत गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।


सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका नेता मिश्रको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।- केन्द्रखबर अनलाईन बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button