प्रहार समाचार । कम्लुङ २२ साउन २०८१ मङ्गलवार । गएराती देखिआएको अबिर वर्षाकाकारण आएको पहिरोले बागलुङको बडिगाड गाउँपालिका– १० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
तस्विर : फाईल फोटो

पहिरोले जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
घटनास्थल पुग्ने सडक पन पहिरोकाकारण अबरुद्ध भएकोले प्रहरी घटनास्थलतर्फ गईरहेको बताइएको छ।
























