प्रहार समाचार । बङ्गलादेश २२ साउन २०८१ मङ्गलवार । प्रधानमन्त्री शेष हसिनाले दे छाडेपछि राष्ट्रपति मोहम्मद साहाबुद्दिनले संसद् विघठन गरेका छन् ।

विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै राष्ट्रपति साहाबुद्दिनले मङ्गलवार संसद् विघटन गरेको उनका प्रेस सचिव सिप्लु जमानले बताए ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री शेष हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । उनले देशसमेत छाेड्नुपरेकाे छ ।
राष्ट्रपति साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेको ढाका ट्रिब्युनले जनाएको छ ।
























