हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङको  चितिमा भयो बोलबम यात्रा

• विजय अधिकारी ( लमजुङ संवाददाता ) । २२  साउन २०८१ मङ्गलवार ।  लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर -११, चितीमा बोलबम यात्रा कार्यक्रम भएको छ । चिती साहित्य समाजको आयोजना तथा त्रैलोकेश्वर र शिद्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

चिती तिलाहारको शिद्देश्वर महादेव मन्दिर  बाट  निस्केको महादेव पर्वतिको झाँकी सहितको भक्तजनहरुको -र्याली थापा डाडा , गढी कालिका हुदै रामचोक बेसीमा रहेकोे त्रिवेणि धाममा पुगेर स्नान गरि त्रैलोकेश्वर महादेव मन्दिरमा पुजा अर्चना गरि जल लिएर शिद्देस्वर महादेव मन्दिरमा जल चढाइ पुजाअर्चना गरि बोलबम यात्रा समापन गरिएको छ ।


   त्रिवेणि मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष डम्बरधोज सेढाईले त्रिवेणि धामको महत्त्वको बारेमा बताउदै “बराह देवीले त्रिवेणि धाममा स्नान गरि त्रिवेणि धामको जल लिएर शिद्देस्वर महादेवको मन्दिरमा समेत चढाउने गरेकोले त्रिवेणिडाडा र शिद्देस्वर महादेव मन्दिर सङ्ग समेत सम्बन्ध रहेको किम्बदन्ती बारे   बताए ।


त्यसैगरी त्रैलोकेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमद्त्त सेढाईले दुई नदि दोर्दी र गङ्गा नदिको संगममा परेको पवित्र स्थल त्रिवेणि धामलाई ऐतिहासीक,धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरि सबैको आकर्षकको केन्द्र बनाउन समिति लागि परेको जानकारी दिदै त्रिवेणि धाम निर्माणका लागि आर्थिक सहयोग जुटने क्रम जारी रहेकोले यस्तो पवित्र कार्यमा गरेको सहयोगले पुन्य  प्राप्त हुने भएकोले यसमा सबैले दिल खोलेर र सहयोग गर्न आग्रह गरे ।


त्यस्तै चिती साहित्य समाजका उपाध्यक्ष नेत्र के.सी.ले चिती साहित्य समाजले प्रत्येक वर्ष बोलबम कार्यक्रम गर्दै आएको जानकारी दिदै आफ्नो सस्कृती र परम्परा संरक्षणमा सस्था लागि रहने बताए । विश्व हिन्दु महासंघ लमजुङका सचिव कमल अधिकारीले मानिसलाई सहयोगमा लाग्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताए ।


उक्त कार्यक्रममा जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अध्यक्ष वासुदेव सेढाई ,बेसीशहरका कृष्ण के.सी.,चिती साहित्य समाजका पदाधिकारीहरु ,त्रैलोकेअश्वर र शिद्देस्वर महादेव मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु लगाएत स्थानीयहरुको उल्लेख्य उपस्थित रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button