साहित्यप्रदेश

कविता : ‘म गाउँ गएकाे थिए’  

वरपिपल चाैतारी थियाे।
सिरसिर बतास शितलता थियाे।
तर शितल ताप्दिनेहरु थिएनन्।
चाैतारीमा ठुलाे छपनी थियाे।
बाघचाल खेल्ने डाेबहरु थिए ।
तर बाघचाल खेल्नेहरु थिएनन्।
पाेखरीहरु थिए ।
आहालमा खेल्ने भैसिहरु थिएनन् ।
आहालहरु  सुकेका थिए।
गाेठ अनि धन्सारहरु थिए।
तर गजुवागाई,जाेवानेगाेरु,टेणिभैसि

र भाेटेकुकुरहरु थिएनन् ।
गजिमणकाे तेर्सिएकाे हागामा
लिङ्गेपिङ् हाल्ने डाेब थियाे।
धमिराले मक्किएका राेटेपिङका खावाहरु थिए।
तर पिङ हाल्नेहरु काेहि थिएनन्।
हाे म गाउँ गएकाे थिए।
काउराे र पाखुरीका रुखहरु थिए।
जङ्गलकाे चिलाउनेकाे रुख जस्तो काटछाट थिएन।
सजिवन र सिउडीका वाेटहरु थिए।
तर बारहरु थिएनन् ।
खेतहरुथिए।
बारीहरु थिए।
तर उब्जाउ थिएनन् ।
गाउँ थियाे।तर गाउँ थिएन।
कविता : ‘म गाउँ गएकाे थिए’ ।
गाउँकाे सास थिएन।
हाे म गाउँ गएकाे थिए।
                   –  व्यास – ७, तनहुँ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button