साहित्यप्रदेश

आकर्षण – विकर्षण (लघुकथा )

शिक्षक रामबहादुर सोचमग्न भए,”म किन उनीहरूको मन पर्न सकिनँ ? के म पढाउनै नसक्ने भएको हुँ र?
आफ्नो मनलाई राम्रोसँग छामे ।  शैक्षिक योग्यताको  प्रमाणपत्रको स्मरण गरे । शिक्षक तालिमको पुनर्स्मृति गरे ।आफूलाई कमजोर भएको र कतै चुकेको महसुस गर्ने ठाउँ नै भेटेनन् ।
कक्षामा गएपनि विद्यार्थीलाई आफूतिर आकर्षण गर्न नसकेकाले  राम सरले आफूमा हीनताबोधको महसुस गरे ।
“सर!सर!आउनुस् न एउटा सेल्फी खिचम् ”  एकदिन अजयले कानैनेर आएर प्रस्ताव गरेको सम्झे । 
“विद्यार्थी भएर नि सरसँग सेल्फी खिचम् भन्दो रहेछ ।” झोक्किएर उत्तर दिएको सम्झे उनले ।
पल्लो कोठाबाट एउटा रोमाञ्चक ध्वनि तरेली खेल्दै  राम सरको कोठामा प्रवेश गर्‍यो । ध्वनिको भोलुम बढ्दै गयो , “ह्याप्पी बड्डे सर ! ह्याप्पी बड्डे सर!ह्यापी बड्डे सर!!ह्याप्पी बड्डे निरन सर! लब यु मच ! लब यु मच !! “
रामबहादुर ध्वनितर्फै गए । डेस्कमा बडेमानको केक थियो विद्यार्थीकै स्पन्सरमा । झिलिमिली बत्ती बालेर पटका पड्काए विद्यार्थीले । “जन्मदिनको धेरै धेरै शुभकामना निरन सर” राम सरले हात मिलाएर शुभकामना दिए निरन सरलाई अनि फर्किए आफ्नो कक्षामा । कक्षाकोठामा उस्तै थियो उनी रहँदा अरु दिन जस्तो हुन्थ्यो ।
मनको आँधी नमजासँग चल्न थाल्यो । आज पौष २३ रहेछ । आफ्नै जन्मदिन !!


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button