हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुन : न्यौपाने

प्रहार समाचार । तनहुँ, २२ कात्तिक २०८३ आइतबार । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको ११औँ अधिवेशनले गौकुमारी न्यौपाने लाई पुन: अध्यक्षतामा सर्व सम्वतरूपमा चयत गरेको छ ।

दमौलीमा हिंजो सम्पन्न अधिवेशनबाट प्रतिष्ठानको उपाध्यक्षमा अञ्जु दाहाल र अमरराज नहर्की, महासचिवमा बाबुराम सापकोटा तथा कोषाध्यक्षमा रमा वाग्ले चयन भएका छन् । सदस्यहरूमा शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री चयन भएको निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेले जानकारी दिए ।


अधिवेशन उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले साहित्यिक गतिविधिलाई निरन्तरता दिने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानका संस्थापक संविधानसभा सदस्य रामचन्द्र पोखरेलले संस्थाको ऐतिहासिक गरिमा स्मरण गर्दै २०५३ सालमा प्रतिष्ठानकै आयोजनामा भएको साहित्य सम्मेलन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बताए । कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, गण्डकी प्रज्ञा प्रतिष्ठानका भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुख प्रा.डा. ईश्वरचन्द्र वाग्ले, पूर्वअध्यक्ष सागर उदास, सल्लाहकार डा. रघुनाथ न्यौपाने र डा. लक्ष्मीकान्त चापागाईंलगायतले तनहुँलाई साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा चिनाउन संस्थाहरू थप सक्रिय हुनुपर्ने बताए ।

सोही अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका प्रा.डा. वाग्लेलाई सम्मान गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा खुवा रचना वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रा.डा. वाग्लेले देवकोटाका साहित्यिक कृतिबारे चर्चा गरेका थिए ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button