आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीभिमादम्याग्देशुक्लागण्डकी

तनहुँका प्रहरी जवान विशाल रोका बने ‘ असोज महिनाको उत्कृष्ट प्रहरी’

प्रहार समाचार । तनहुँ, २० कात्तिक २०८३ शुक्रबार । जिम्मेवारीप्रतिको इमानदारी, कार्यसम्पादनमा दक्षता र अनुसन्धानमा सक्रियता देखाएका प्रहरी जवान विशाल रोका जिल्ला प्रहरी कार्यालय तनहुँको २०८३ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रोकाले अपराधसम्बन्धी अभिलेख व्यवस्थापनदेखि साइबर अपराध तथा अनलाइन ठगीका उजुरीको अनुसन्धानसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो। सांगठनिक नीति तथा निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूको अपराधसम्बन्धी अभिलेख एकीकृत रूपमा व्यवस्थित र दुरुस्त राख्ने, अभिलेखको विश्लेषण गरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पेस गर्ने तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक विवरण समयमै त्रुटिरहित रूपमा सम्बन्धित निकायमा पठाउने जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्।

पछिल्लो समय बढ्दो साइबर अपराध र अनलाइन ठगीका उजुरीमाथिको अनुसन्धानमा समेत उनले सक्रिय भूमिका खेलेका छन्। प्रहरी जवान रोकाले आफ्नो पदीय जिम्मेवारीप्रति देखाएको इमानदारी, बफादारी, कर्तव्यनिष्ठा र कार्यदक्षताको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्। अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीको प्रभावकारिता अभिलेख र कार्यसम्पादनको शुद्धतासँग पनि जोडिने भएकाले जिम्मेवारीलाई परिणाममुखी बनाउने रोकाको योगदानलाई यस सम्मानले कदर गरेको जिल्ला छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button