प्रहार समाचार । काठमाडोँ, पुस २४ मंगलबार । .जर्मन तथा विश्व फुटबलकै महान् खेलाडीमध्ये एक मानिने फ्रान्ज बेकेनबाउरको निधन भएको छ । बेकेनबावरको ७८ वर्षको उमेरमा आइतबार निधन भएको उनको परिवारले विज्ञप्तिमार्फत् पुष्टि गरेको छ ।
उनले १९७४ मा पश्चिम जर्मनीको कप्तान भएर विश्वकप जितेका थिए भने १९९० मा प्रबन्धकको हैसियतमा फेरि ट्रफी उचालेका थिए । बेकनबाउर मुख्य रूपमा एक डिफेन्डर थिए । उनले १९७२ मा युरोपियन च्याम्पियनशिप र दुई पटक बालोन डी’ओर पनि जितेका थिए ।

विश्व फुटबलका महानमध्ये एक मानिने उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा फिफा विश्वकप जित्ने तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।

क्लब र अन्तर्राष्ट्रिय स्तरमा सफलताको साथ उनी फिफा विश्वकप, युरोपियन कप, र बालोन डी’ओर जित्ने ९ खेलाडीहरूमध्ये एक हुन् । उनले ३ विश्वकप र २ युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरे र १०३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
























