हेडलाईनसमाचारगण्डकीऋषिङ

ऋषिङ गाउँपालिकाको १५ औँ अधिवेशन समपन्न

प्रहार समाचार । तनहुँ, पुस २४ मंगलबार । ‘ऋषिङ समृद्धिको आधार , कृषि, संस्कृति,, पर्यटन र पूर्वाधार ‘ भन्ने मूल नाराका साथ ऋषिङ गाउँपालिकाको १५ औँ अधिवेशन  सोमबार सम्पन्न छ ।


गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो सभामा ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले बजेट नीति तथा कार्यक्रम सम्बन्धी विवरण पेश गरिन । ।हिउँदे अधिवेशनको रुपमा सम्पन्न उक्त गाउँसभाले आर्थिक वर्ष २०८०।८१ अन्तर्गत हाल सम्मको योजना तथा कार्यक्रमहरुको प्रगति विवरण तथा समिक्षा प्रस्तुत गरेको  थियो ।

ऋषिङ गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ मा ५७ करोड ६२ लाख ६३ हजार कुल बजेट विनियोजन गरिएकोमा हालसम्म वित्तिय प्रगति २२ प्रतिशत रहेको छ । जसमध्ये चालु आर्थिक वर्षमा वित्तिय प्रगति २५ प्रतिशत र पुँजीगत खर्चको वित्तिय प्रगति १८ प्रतिशत रहेको छ । पुँजीगत कार्यक्रमको भौतिक प्रगति भने करिब ३५ प्रतिशत रहेको छ ।

ऋषिङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम समिक्षामा केही विकास योजनाहरुलाई महत्वपुर्ण उपलब्धीहरुको रुपमा लिएको छ । चालु आर्थिक वर्षमा दिउली खोलाको पुल टेण्डर सम्पन्न भई योजना कार्यन्वयनको चरणमा रहेको, श्रृङ्गपथ मोटरमार्ग, चालिसे-झापुटार मोटर मार्ग, ढुङ्गाडे-सपाङदी रुपटार मोटर मार्ग निर्माणको लागि ठेक्का सम्झौता भई काम सुचारु हुने चरणमा रहेको पालिकाले जनाएको छ ।

यस आर्थिक वर्षमा विनियोजित योजनाहरु सम्झौता सम्पन्न भई काम सुचारु रहेको पनि सो सभामा जानकारी गराईएको थियो । समग्र ऋषिङको विकासको लागि बजेट विनियोजन र नीति तथा कार्यक्रम माथिको समिक्षा र संसोधन गरेर  यो अधिवेशनलाई सम्पन्न हुने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button