प्रहार समाचार । तनहुँ, पुस २४ मंगलबार । नेपाल मगरसङ्घ व्यास नगर समितिको आयोजनामा यही पुसको २९ गते र माघ १ गते मगर माघे संक्रान्ति मेला तथा विविध सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । नेपाल मगर सघ व्यासनगर समितिले आज दमौलीमा पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा नेपाल मगर सघका केन्द्रीय सदस्य नन्दबहादुर थापा मगर , नेपाल मगर सघ गण्डकी प्रदेशका उपाध्यक्ष मणिराज थापा , वरिष्ठ सल्लाहकार यामबहादुर आले , निर्वाचन समितिका केन्द्रीय संयोजक सिद्धान्त गर्ज मगर लगायतले उक्त मागे संक्रान्ति मेलालाई भव्य र सभ्य रुपबाट सम्पन्न गर्न विभिन्न समिति गठन गरेरअगाडि बढ्ने बताए ।

उक्त मेला यहि पुस २९ गते देखि सुरु हुने र साँझ कन्सर्टको कार्यक्रम समेत हुने बताइएको छ। उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन्।

हराउँदै जानलागेको कला, संस्कृति , रितिरिवाज तथा परम्परा तथा संस्कृतिलाई बचाउनका लागि उक्त मागे संक्रान्ति मेला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको व्यास नगर सभापति रिमा आलेले बताईन्। उक्त अवसरमा मगर भेषभूषामा सजिएका १५ सय जनाले एकैचोटी कौह्रा नाच नाच्ने वरिष्ट सल्लाहकार याम बहादुर आलेले बताए ।
























