हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

महिला उद्यमी सङ्घको तेस्रो वार्षिक साधारण सभा दमौलीमा सम्पन्न

प्रहार समाचार | तनहुँ, पुस २४, मंगलबार । महिला उद्यमी सङ्घ नेपाल , तनहुँ दमौलीको तेस्रो वार्षिक साधारण सभा मङ्गलबार दमौलीमा सम्पन्न भएको छ ।

उक्त वार्षिक साधारण सभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले एक्काइसौँ शताब्दीका महिलाहरू घरको चुलो चौकोमा मात्र सीमित नभएर नेतृत्वमा पुग्ने र उद्यमी बन्नुपर्ने बताइन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले सकारात्मक सोचका साथ महिलाहरु उद्यमशीलतातर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने  – ‘ सरकारले बजार बनाइदिनुपर्छ उत्पादित वस्तुहरूको बिक्रीहरूको ग्यारेन्टी गर्नुपर्छ अनिमात्र उद्यमीहरुको हित हुन्छ।’

तनहु उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ , व्यास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ ,महिला उद्यमी सङ्घ नेपाल तनहुँ दमौली बजार इकाइका सभापति पवित्रा खनाल ,  महिला उद्यमी विकास समिति तनहुँका अध्यक्ष शकुन्तला आले  , सल्लाहकार राधिका परियार ,सेतो गुराँस बालविकास संस्थाका अध्यक्ष सुशिला शर्मा  लगायतले साधारण सभाको सफलताको कामना गरेक थिए ।

वार्षिक साधारण सभामा महासचिव सरस्वती श्रेष्ठ (सरु)  ले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष आशा बानियाले कोषाध्यक्षको प्रतिवेदन पेश गरेको उक्त कार्यक्रमको सहजीकरण महासचिव सरस्वती श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम महिला उद्यमी सङ्घ नेपाल , तनहुँका अध्यक्ष निर्मला मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button