व्याससमाचारगण्डकी

मिश्रलाई मातृ शोक

प्रहार समाचार | तनहुँ, पुस २४ मंगलबार । व्यास नगरपालिका वडा नम्बर २ दमौली निवासी निर्मल माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि बुद्धिराज मिश्रलाइ मातृशोक परेको छ।

मिश्रको आमा टिकामायाँ मिश्रको आज १ सय ३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
मिश्रको पार्थिव शरीरलाई आज पवित्र सेती र मादी नदीको संगमस्थल दमौली घाटमा अन्तिम दाह संस्कार गरिएको थियो। स्वर्गीय टिकामायाको शरीरमा छोराहरू नारायणप्रसाद मिश्र र बुद्धिराज मिश्रले अन्तिम दागबत्ती दिएका थिए ।

त्यस अवसरमा व्यास नगरपालिकावडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले  , निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत , जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देल,  बुद्धिजीवी , व्यापारी , उद्योगी , शिक्षाप्रेमी  , समाजसेवीहरुले अन्तिम  श्रद्धाञ्जली अर्पण गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button