सबै भ्रष्ट मान्छे नियालेर खोजी
कठालो समातेर डाँडा कटाओस्
सबै बस्न सक्छन् मिले रोजगारी
र यो देशभित्रै जवानी अटाओस्
गरे हुन्छ खेती यही देशभित्र
सधैंं देश भन्दै कहानी रटाओस्
गए सिक्न जाने सधैंं बस्नु हुन्न
न मूर्दा पठाओस् न छाती ठटाओस्
भए आत्मनिर्भर पराधीन हुन्नौं
यही देश हेरेर टोपी फटाओस्
(बहर : मुतकारिब मुसम्मन सालिम )
– मातातीर्थ , काठमाडौं ।
























