हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

यसपालिको दशैंमा मेयर बालेनले टिका लगाए संगै उडाए चङ्‌गा

प्रहार समाचार | तनहुँ ,कार्तिक ८ बुधबार |
काठमाडौ महानगरपालिकाका नगर प्रमुख  बालेन्द्र शाह बालेनले हिन्दुहरुको महान पर्व दशैमा आफ्ना बुबा आमाको हातबाट टिका जमरा लगाई मनाएका छन्। उनले दशैंमा चङ्गा उडाएको तस्विर / भिडियो सामाजिक सञ्जालमा छाएको छ ।
यस क्रममा उनले आफ्नो बुबाआमाबाट टिका लगाएको तस्बिर आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा शाहकी श्रीमती सविना काफ्ले पनि छिन् । केही समय अगाडि मात्र बालेन्द्र शाहलाई  पुत्री लाभ भएको थियो। 

पछिलो समयमा चर्चा बटुल्न सफल एक अब्बल इन्जिनियर, र्यापर, युवामाझ लोकप्रिय एवं काठमाडौ महानगरको मेयर समेत रहेका बालेनले आफ्नो यात्रा सिभिल ईन्जिनियर बाट सुरु गरेका थिए ।  कविता लेख्नमा सानै देखिनै रुचि राख्ने उनले कविता लेखनलाई निरन्तरता दिँदै आएका छन् । 

र्याप व्याटल मार्फत संगीत जगतमा प्रवेश गरेर आफ्नो दरिलो छाप छोड्न सफल भए। नेपालको बिग्रँदो राजनीतिक स्तिथि देखेर उनलाई आफ्नो इच्छा राजनीति तर्फ जाग्यो। फलस्वरूप महानगरको प्रमुखको पदबाट सुरुवात गर्ने आँटले स्वतन्त्र उम्मेदवारको रूप मा प्रस्तुत भएर चुनावमा आफ्नो जित सुनिश्चित गरेका हुन।  अहिले बालेन शाह आफ्नो लक्ष बमोजिम काठमाडौमा धेरै परिवर्तन ल्याउन सफल भएका  छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button