प्रहार समाचार । कात्तिक ८ ।
वडा दशैँको टिकाको दिन सुनसान देखिएको तनहुँको सदरमुकाम दमौली र जिल्लाका अन्य मुख्य बजारहरू आँबुखैरेनी, डुम्रे, भिमाद लगायतका बजारहरू बुधवारबाट चहलपहल सुरु भएको छ ।
म मान्यजनको हातबाट टिका, जमरा लगाई आशिष लिएर कतिपय व्यक्तिहरु फर्किई सकेका छन् भने कतिपय व्यक्तिहरु दशैंको टिका पूर्णिमाको दिनसम्मपनि लगाउने प्रचलनले गर्दा आफनिहरुकोमा जान र कतिपय फर्किने हुनाले पनि यातायातका साधनहरूमा तथा भिडभाड तथा बजारमा चहलपहल सुरु हुन थालेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाइका २ सभापति भूपाल आलेले बताए।

उता कतिपय निजिक्षेत्रमा कामगर्ने कर्मचारीहरूको विदा छोटो भएकाकारण काममा फकिनुपर्ने हरुपनि आफ्नो काममा फर्किन सुरु गरिसकेका छन्, यसो हुँदा पनि बजारमा चहलपहल बढ्न गएको दमौलीका स्थानिय व्यापारी मुकेश विडारीले बताए।
























