साहित्य

प्रहार साहित्य : कविता ‘मेरी आमा’

मेरी आमा

आभान श्रेष्ठ
कक्षा – ६

मेरी आमा कति राम्री
हामीलाई माया गर्ने
बिहान देखि बेलुका सम्म
हामीलाई हेरि राख्ने

खुसि हुन्छिन मेरी आमा
हामीले खाना खाएको देखदा
धेरै मेहेनत गर्नको लागि
जीवनमा अगाडी बडनको लागि

माया प्रेम टन्नै छ
गाली पनि खानु छ
जाने ठाउँ धेरै छ
तर आमाको काख नै प्यारो छ

अरु त येस्तै हो
नपढ़दा गालि धेरै खाईन छ
मेरो मुटु भित्रमा
मेरी आमाको नै चित्र छ

लेखक परिचय

कविता आभान श्रेष्ठ जेम्स  स्कूलका होनहार विद्यार्थी हुन्। हाल उहाँ कक्षा ६ मा अध्यनरत छन्। सानै उमेरदेखि साहित्यप्रति रुचि राख्ने कविताले विभिन्न विषयमा लेख्ने प्रयास गर्दै आएका छिन। सरल भाषा र सजीव कल्पनाशक्ति उनका रचनाको विशेषता हो। विद्यालयका विभिन्न कार्यक्रमहरूमा समेत उहाँ सक्रिय रूपमा सहभागी हुँदै आएकी छिन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button