विचारप्रदेश

‘नाउँ राजाको’ एक राजनैतिक आँकलन

पछिल्लो समय राजावादीहरुको जन सागर सडमा उलिएको छ। यो उर्रल्याई ‘खासगरी अहिलेको  अपवित्र गठबन्धनको नेतृत्वमा रातारात जसरी नेपालमा सरकार बनिरहेको छ अनि बिभिन्न सरकारले जसरी भ्रष्ट र भ्रस्टाचारी जोगाउन अनि राम्रा र योग्यतम मान्छेहरूलाई छानीछानी शूली चढाउन जे-जस्ता हर्कतहरू गर्न भ्यायो यसैको जगमा टेकेर यतिबेला जन-आक्रोश ह्वात्तै बढ्न पुगेको हो ।’ भन्दै नरेन्द्र न्यौपाने लेख्छन् :

म खासमा फ नलेखौं भन्ने पक्षमा थिएँ। तर, यतिबेला “राजा फर्कने” बिषय एउटा जल्दोबल्दो बिषय (Hot Cake) बनिरहेको सन्दर्भमा,र म स्वयं आफूले ग्रामिण राजनीति, अर्थशास्त्र एबम् गणित अध्ययन गरेको र राजनीतिशास्त्रलाई मनपराउने व्यक्ति हुनुको नाताले केही लेख्नैपर्ने हुट्हुटी लागेर आयो।

कुनैपनी देशको स्थापीत सत्ता धराशायी (collapse) भएर नयाँ सत्ता शुरू हुन केही प्रमुख कारणहरू अत्यावश्यक हुन्छन्। त्यस्ता प्रमुख  कारणहरूमा :
(१) देशमा जनताको भावनात्मक एकता र सम्मानको अभाव,
(२) लैंगिक, क्षेत्रीय, जातीय, भाषीक उत्पिडन र बढ्दो दलन,
(३) निरन्तर बढ्दो गरिबीको अवस्था,
(४) सेना सरकारको नियन्त्रणमा नहुनु,
(५) युद्ध/गृहयुद्धको अवस्था विद्यमान हुनु,
(६) कुनै महाशक्ति राष्ट्रको प्रत्यक्ष हस्तक्षेप र
(७) कुशासन (भ्रस्टाचार, अस्थीरता, लालफिताशाही) आदि प्रमुख कारण हुन्।

अहिलेको अवस्थाको राजनैतिक विश्लेषण गर्दा,माथी उल्लेखित सातवटा बुँदाहरूमा एउटा मात्रै बुँदा अर्थात ७ नम्बर बुँदा मात्र प्रभावी रहेको देखिन्छ। नेपाली जनता खासमा “कुशासन” देखि आक्रान्त भएका हुन्।

कुशासन भन्नाले सामान्यतया राजनैतिक अस्थीरता, शिद्धान्तहीन राजनैतिक अभ्यास, शासकीय अकर्मण्यता, भ्रष्टाचार, ढिलासुस्ती र लालफिताशाही (Red Tapism) भन्ने बुझिन्छ।

अहिले जनतामा देखिएको आक्रोश र असन्तोष त केवल “कुशासन”को सह-उत्पादन (By Product) मात्रै हो। एउटा स्थापित सत्ता उल्ट्याउनको लागि  यो एउटा कारण मात्रै पर्याप्त हुँदै हुँदैन। हुनै सक्दैन्।

खासमा राजाबादीहरू (Royalists) कै कुरा गर्ने हो भनेपनी, उनीहरू आफैंलाई पनि अबको नेपालमा राजतन्त्र सम्भव छ भन्ने कुराको पटक्कै बिश्वास छैन्। त्यही भएर नै ऊनीहरू “अब्स्युलेट मोनार्की” भन्न नसकेर ‘कन्स्टिट्युस्नल मोनार्की ‘ अर्थात ‘संवैधानिक राजतन्त्र” को कुरा गर्न बाध्य भएका हुन् । यसैबाट धेरैकुरा स्वत: प्रष्ट हुन्छ।

खासगरी अहिलेको संबैधानिक प्रकृयावाट कुनै पनि दलको बहुमत आउने अवस्था छैन र अपवित्र गठबन्धनको नेतृत्वमा रातारात जसरी नेपालमा सरकार बनिरहेको छ अनि बिभिन्न सरकारले जसरी भ्रष्ट र भ्रस्टाचारी जोगाउन अनि राम्रा र योग्यतम मान्छेहरूलाई छानीछानी शूली चढाउन जे-जस्ता हर्कतहरू गर्न भ्यायो यसैको जगमा टेकेर यतिबेला जन-आक्रोश ह्वात्तै बढ्न पुगेको हो।

हरेक घरघरमा असन्तोष हुन्छ। आमाबाबु र छोराछोरीको बीचमा,लोग्नेस्वास्नीको बीचमा,सासू बुहारीको बीचमा असन्तोष हुन्छ। तर त्यही असन्तोषले नै घर धराशायी भैहाल्ने भन्ने हुँदैन। दैनिक व्यवहार र बोलीमा सुधार हुँदैजाँदा, त्यस्ता पारिवारिक  असन्तोषहरू स्वत: हल हुन्छन् । अहिलेको हाम्रो मुलुकको अवस्था “ठ्याक्कै” यस्तै हो।

त्यसैले,अहिले आम जनतामा देखिएको ‘फ्रस्टेसन’ मा टेकेर, त्यसैलाई भजाएर गणतन्त्र नै समाप्त पारेर राजतन्त्र ल्याउँछु भनेर सोच्नु हास्यास्पद मात्रै हैन मूर्खतापूर्ण अराजनैतिक स्वैर-कल्पना पनि हो।

अँ ! अहिलेको जन-आक्रोशले राजा त ल्याउँदै ल्याउँदैन। ल्याउने सामर्थ्य नै राख्दैन तर एउटा कुरो चाहिँ हुन्छ है ! त्यो के हो भने “खड्गप्रसाद प्रबृत्ती”जो शिक्षकलाई अपमान गर्छ”को नाश गर्न चाहिं अवश्य नै सघाउँछ।

खड्गप्रसाद प्रबृत्ती भन्नाले :- आफूलाई ब्रह्माण्ड-विज्ञ र शिक्षक सबैलाई “बुड्बक” ठान्ने प्रवृत्ती।

  • संविधान र सार्वभौम संसदलाई दिनको उज्यालोमा बलात्कार गरेर दुनियाँलाई ‘लोकतन्त्रको अर्ती उपदेश’ सुनाई हिंड्ने प्रबृत्ती,
  • आफ्नो ब्यक्तिगत आराधना र प्रशंसा सुन्न अनिवार्य संसद बैठक छलेर बालुवाटारमा तमासा गर्ने प्रबृत्ति,

• देशमा भएको सबै राम्रो कामको जश आफूले लिने अनि बिग्रे भत्केको सबै अरूको काँधमा बोकाएर अट्टहास गर्ने प्रबृत्ति,

• आलोचनाको शब्द मात्र हैन अक्षर पनि सुन्न र सहन नसक्ने तोरीलाउरे प्रबृत्ती,

• अहंकार,कुण्ठा, द्वेष, आवेग, उत्तेजना, गालीगलौज, सत्तोसराप र मपाईत्वको असाध्यै घीनलाग्दो प्रबृत्ती।

मैले आजभन्दा ३ महिना अघि मेरो फेसबुक मार्फत यो २०८१ मा एउटा जवरजस्त हिउँदे बिद्रोह (Winter Spring) को आँकलन गरेको थिएँ। मैले गरेका राजनैतिक आँकलनहरू प्रायः ठ्याक्कै-ठ्याक्कै मिल्ने गरेको यहाँहरूलाई अवगत नै छ।

यस्तो किन हुन्छ भने मैले कसैप्रती आग्रह/पूर्वाग्रह राखेर होईन कि घटना,पात्र र प्रबृत्ति र त्यसले उत्पन्न गर्ने प्रभावहरूको अति सुक्ष्म मूल्यांकन गरेर मात्रै राजनैतिक आँकलन गर्ने गर्दछु। सायद त्यही भएर नै ठ्याक्कै मिल्ने गरेको हुनुपर्छ ।

अहिलेको यो जन-असंतोषले राजा ल्याउँदैन भन्ने कुरामा ढुक्क हुनुहोला।

यो असन्तोषले लोकतन्त्रमा मौलाएको कुशासन र ओली प्रबृत्तिलाई चाहिँ ‘घोक्र्याई-मुण्ट्याई” गर्न सफल हुने स्पष्ट देखिरहेको छु। जुन लोकतान्त्रिक गणतन्त्रको हीतमा छ l
• तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button