हेडलाईनसमाचारदेवघाटसाहित्यगण्डकी

चर्चामा तनहुँको देवघाटमा रहेको परमानन्द गुरुकुल : प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१ सबै पुरस्कार गुरुकुलकै विद्यार्थीको हातमा

प्रहार समाचार ।  तनहुँ, २५ फागुन २०८१ आइतवार । साहित्यिक पत्रकार संघद्वारा आयोजित क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता – २०८१ को नतिजा सार्वजनिक भएसँगै  परमानन्द संस्कृत गुरुकुल विद्यापीठ पुनः चर्चाको केन्द्रमा आएको छ। प्रतियोगितामा भाग लिएका विजयी विद्यार्थीहरू सबै गुरुकुल कै हुन पुगेका छन् ।

विश्वव्यापी खुला ‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१’ मा गुरुकुलका विद्यार्थी   दिपन अधिकारीको राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको  ‘म नेपाली : मेरो नेपाल’ शिर्षकको  निबन्धले  प्रथम स्थान हासिल गर्न सफल भयो । प्रथम भए संङ्गै उनले ३० हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने भएका छन् ।

प्रतियोगितामा द्वितीय हुन सफल विपिन ढकालको स्वदेश प्रेमले भरिएको ‘आँखाअघि देशको चित्र’ निबन्ध हुन सफल भयो । द्धितीय भएसङ्गै ढकालले २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन्।

त्यस्तै प्रतियोगितामा  गुरुकुलकै नीराजन ढकालद्वारा राष्ट्रराग जागृत गराउने खालको निबन्ध ‘एक अँजुली माया देशको लागि’ तृतीय भए सङ्गै १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

उक्त निबन्ध प्रतियोगितामा तीन वटै पुरस्कार गुरुकुलका  विद्यार्थीहरुले प्राप्त गर्न सफल भएकोमा गुरुकुलले विजयी विद्यार्थीहरुला बधाई ज्ञापन गर्दै  विद्यालयले आफ्ना विद्यार्थी  धार्मिक एवं शास्त्रीय ज्ञानमा मात्र  सीमित नभई साहित्यिक, समसामयिक तथा वैचारिक विषयहरूमा पनि अब्बल रहेको जनाएको छ। गुरुकुलले किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरूको बहुआयामिक क्षमतालाई समेत निखार्न गुरुकुलिय  नैतिकता, अनुशासन, संस्कार, तथा व्यवहारिक शिक्षा समेत प्रदान गर्दै  विद्यार्थीहरूले आध्यात्मिक चेतना, दार्शनिक सोच, र समसामयिक ज्ञानलाई समेत शिक्षामा जोडेर अध्यापन गरिएको गुरुकुलले जनाएको छ।

यी सफलताहरूले २०२८ सालदेखि सञ्चालित देवघाटधाममा रहेको परमानन्द संस्कृत गुरुकुलको उच्च शैक्षिक स्तरलाई पुनः प्रमाणित गरेको गुरुकुल प्रशासनको भनाई रहेको छ।

गुरुकुलका विद्यार्थीहरुको यो सफलताले गुरुकुलको शैक्षिक स्तर, बौद्धिक उन्नति, र लेखनकलाप्रतिको विद्यार्थीहरुको लगनशिलता र जागरूकता कस्तो रहेछ भन्ने कुरा प्रष्ट्याउने बताउँदै गुरुकुलका नेपाली विभाग प्रमुख पुष्पराज खतिवडाले गुरुकुल शिक्षाले परम्परागत र आधुनिक ज्ञानलाई समान रूपमा समेटेर विद्यार्थीहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने कार्य गरिरहेको बताए । 

मुलुकको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अवस्थालाई गहिरोसँग चित्रणगर्दै राष्ट्रप्रति युवा पुस्ताले देखाउनु पर्ने दृष्टिकोणलाई पुरस्कृत विद्यार्थीहरुले प्रभावकारी रूपमा प्रस्तुत गरेकै कारण यो सफलता मिलेको विभागीय प्रमुख खतिवडाको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button