हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङमा  लोकगीत प्रतियोगिता सम्पन्न : चिति तिलाहर महिला संजाल प्रथम

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २५ फागुन २०८१ आइतवार ।  ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हिंजो बेसीशहरमा आयोजित महिला सञ्जाल विच भएको  लोक गीत प्रतियोगितामा बेसीशहर वडा नं. ११ का चिति तिलाहर महिला संजाल प्रथम हुन सफल भएका छन् ।

त्यसै गरी प्रतियोगितामा बेसीशहर १० को समृद्धि आमा समूह समता महिला संजाल द्धितिय भएका छन् भने उन्नतीशिल महिला समुह तृतिय भएका छन् ।
त्यस्तै बेसीशहर २ र ८ का महिला संजाल सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल चिति तिलाहर महिला संजालले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार पाएका छन् । द्धितिय हुनेलाई नगद ७ हजार रुपैयाँ  र प्रमाणपत्र, तृतियलाई ५ हजार रुपैयाँ  र प प्रमाणपत्र  प्रदान गरिएको छ । त्यसैगरी  सान्त्वना हुने  दुई समूहलाई ३/३  हजार रुपैयाँ   र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमालको प्रमुख आतिथ्यता भएको थियो भने कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनाकुमारी रिमाल, बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बेसीशहर नगरपालिका स्तरीय महिला सञ्जाल लमजुङकी अध्यक्ष मिना बस्नेत रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत बेसीशहर नगरपालिकाको उपप्रमुख पदमा गुरुङले गरेकी थिईन् भने  सहजीकरण  वडा नं. १० का महिला संजालका सदस्य सुर्यकला थापाले गरेकी थिईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button