हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको मुच्चुकमा रहेको ऐतिहासिक मुकुन्देस्वरी  मन्दिरको पुन: निर्माण सुरु

प्रहार समाचार । २५ फागुन २०८१ आइतवार ।तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वाड नं. -२, मा रहेको ऐतिहासिक महत्व बोकेको मुकुन्देश्वरी मन्दिर निर्माणको कार्य धमाधम भईरहेको छ।

उक्त मन्दिरको हालै एक कार्यक्रमका बिच  गण्डकी प्रदेशसभा सदस्य एब पूर्व आर्थिक मामिला मन्त्री जितप्रकास आले,गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ लगायतले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

पाल्पाका राजा रुद्र सेनका माइला छोरा  मुकुन्द सेन  राजाले सन १५ ७५ मा मुकुन्द सेन दरवारहाता भित्र उनले पूजा आज गर्नका लागि स्थापना गरिएको मुकुन्देश्वर मन्दिर तात्कालिन समयमा निर्माण गरि मन्दिर भित्र स्थापित तरवार लगायतका हात हतिया सहित  शिलामा पूजा अर्चन गर्दथे ।

सोहि मन्दिरको नजिकै रहेको तात्कालिन भग्नावशेष रहेकै ठाउँमा उक्त मन्दिर पुन निर्माण थालिएको  निर्माण समितिका अध्यक्ष सुकुमलाल गुरुङ्गले बताए । उक्त स्थानमा तात्कालिन दरवार, इनार, दुडिखेल, घोडा बाँध्ने ढुङ्गालाई  छेडेर बनाइएको तबेला अहिले पनि सोहि स्थानमा रहेको छ।

सो स्थानमा सम्म सहज तरिकाले  पुग्न मुच्चुकबाट ७ सय मिटर सिंढी बाटो निर्माण सम्पन्न भएको छ। जसका लागि पटक पटक गरेर बन्दीपुर गाउँ पालिकाले पहिला  २५ लाख अहिले ५ लाख गरि ३० लाख लाख बजेटबाट  मन्दिर नजिकै सम्म पुग्ने सिढि बाटो निर्माण कार्य  सम्पन्न भएको समितिका अध्यक्ष सुकुम लाल  गुरुङले बताए । 

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सामाजिक  विकास मन्त्रालयबाट प्राप्त ५ लाख, पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख गरि १५ लाखको लागतमा प्यागोडा शैलिको २ तले मन्दिर निर्माण हुने बताइएको  छ।

साथै उक्त मन्दिर निर्माणका लागि जमिन उठाएर बनाउनु पर्ने भएकाले १ सय १५ वटा जाली लगाएर उठाउँदै काम अगाडी बढाइएको छ। बन्दीपुर गाउँपालिकाले थानीमाई मन्दिर र मुकुन्देखी मन्दिरको डिपिआरका लागि ६ लाख खर्चैको पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

उक्त मन्दिर निर्माणका लागि बन्दिपुर- ३ रामकोट र बन्दिपुर – २ माथिल्लो खहरे र तल्लो खहरेका जनताहरुले  श्रमदान  गरिदिएका तथा यहि चैते दशैंमा त्यहाँ ठूलो  चैते दशैंभेला  लाग्ने भएकाले पनि जति सक्यो छिटो उक्त मन्दिर निर्माण गरिसक्नु पर्ने अवस्था रहेको स्थानिय समाजसेवी रेशम गुरुङले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button