साहित्यप्रदेश

मुक्तक,गीत र गजल

मुक्तक
पराइ नै सहि दिलदार सङ्ग दिल गाँसिएकै राम्रो,
आफन्तै किन नहोस् अपराधि कपटि नासिएकै राम्रो,
बरु तै टाढाकै साथ जाति नजिकैका को त्यो घात भन्दा,
कंश हरुको बंश नरहोस दुनियाँमा मासिएकै राम्रो।

गीत
भोलि त केहि होला मनमा आशा बुनेर,
कसरि बस्ने होला सुनौलो सपना उनेर।

संघर्ष हो जीवन भनि काँडाघारि टेकेकै हो,
पिडाको पैर्हो जाँदा धैर्यताले छेकेकै हो,
बगि रहँदा आँसु परेलीले बाँध थुनेर,
कसरि बस्ने होला सुनौलो सपना उनेर ।

नदीको त्यो छाल दोषी माछी त्यो काँ भाग्छर,,??
खुकुरिले प्रहार गर्छ अचानोको के लाग्छर..??
कति पर्खुँ खुशीका दिन आउला घुमेर,
कसरि बस्ने होला सुनौलो सपना उनेर
गजल
जसरि शंकाको बिउ अडकल बाट हुन्छ,
ठुलै त्यो शंका निवारण छलफल बाट हुन्छ ।

चित्र भित्रको चरित्र कसरि छुट्टिन्छ मान्छेको?,
मन बचन उस्को कर्मको  फल बाट हुन्छ।

पुलिसले संदिग्ध कैदीझैं समस्याले घेर्छन,
समाधान खोज्नु साथी उचित हल बाट हुन्छ।

पराकम्पन त खै कस्ले नाप्न सक्यो र यो मनको?,
जस्तै जमिनको माप पृथ्वीको हलचल बाट हुन्छ।

अनेकन ति सवाल तेर्साउँछन जस्ले मलाइ,
मेरो सटिक जवाफ मुक्तक गजल बाट हुन्छ।
• तनहुँ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button