हेडलाईनसमाचारप्रदेश

इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो

प्रहार समाचार । इलाम, बैशाख १५ । शनिवार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । 

एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।

प्रतिनिधिसभातर्फको यो उपनिर्वाचनमा यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button