प्रहार समाचार । तनहु, बैशाख १५ । नेपाली लेखक संघ तनहुँले द्धितीय राष्ट्रिय लेखक दिवसको अवसरमा तनहुँका सस्थापक अध्यक्ष कमलामोहन वाग्लेलाई सम्मान गर्ने भएको छ ।

आईत विहान ७ः३० बजे विपी स्मृति भवन दमौलीमा एक कार्यक्रम गरी सम्मान गर्ने भएको हो । संङ्घका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा बसेको वैठकले सस्थापक अध्यक्ष व्यास नगरपालिका –४ दमौली निवासी वाग्लेलाई सस्था स्थापना गर्न तथा सम्बद्र्धन गर्न पुऱ्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गर्ने निर्णय भएको सस्थाका सचिव अन्जना तिमिल्सिनाले जानकारी दिइन।
सङ्घले लेखक दिवसको अवरमा साहित्यिक रचना बाचन समेत गर्ने भएको छ । कार्यक्रममा सहभागी हुन साहित्यकार, लेखक सबैलाई आग्रह गरेको छ ।


























