हेडलाईनसमाचारप्रदेश

बागलुङमा यात्रुबहाक बस दुर्घटना  :  १९  यात्रु घाइते

प्रहार समाचार । बागलुङ, बैशाख १५ । बागलुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँद १९ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

ग १ ख ९२९७ नम्बरको बस बागलुङबाट तनहुँका लागि छुटेकोमा हेमजाको भोटे क्याम्पमा दुर्घटना हुन पुगेको थियो।

प्रहरी प्रवक्रा शर्माका अनुसार बस आज साँझको समयमा डिभाइडरमा ठोकिएर अनियन्त्रित भई सडकमा पल्टिएको हो । घाइते १६ जनाको गण्डकी मेडिकल कलेज र तीनजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button