विचारप्रदेश

पूर्व राजा महेन्द्रको सालिक पुनःनिर्माण र राजनीतिक वृतमा वहसको विषय

इतिहाससंग जोडिएका विषय वर्तमान र भावि पुस्ताका लागि उच्च शिक्षा हासिल गर्ने विश्व विद्यालय भन्दा कम महत्वपूर्ण हुँदैनन् ।तसर्थ बाईसे चौविसे राजाको पाला होस् या २ सय ४० बर्ष लामो राजतन्त्रको शासनकाल भित्रका १ सय ४ बर्षिय राणा शासन काल , ३० बर्षे पञ्चायती शासन व्यवस्था अनि २०४६ साल देखि जनआन्दोलन भाग —२ सम्म सम्बन्धित ‘विषयलाई सुरक्षित राख्ने प्रयत्न गर्नुपर्दछ ।

यसै सन्दर्भमा तनहुँको सदरमुकाम दमौली स्थित महेन्द्र सालिक पुनःनिर्माण गर्नुपर्ने आवाज राजनीतिक वृतमा वहसको विषय बनिरहेको छ ।महेन्द्रको सालिक पुनःनिर्माण गर्ने विषयमा वहस चल्दै गर्दा शीर फुटाईएको महेन्द्रको सालिकको सुरक्षार्थ सुरक्षाकर्मी खटाउनुको सट्टा आधिकारिक निकायमा यस विषयमा छलफल चलाउनु जरुरी देखिन्छ ।साथसाथै महेन्द्रको सालिक पुनःराख्न उचित हुन्छ कि हुँदैन भनेर यस विषयमा सर्वसाधारणको अभिमत लिनु पनि जरुरी देखिन्छ ।

यदि बहुसंख्यक जनताबाट राख्नुपर्छ भन्ने अभिमत आएको खण्डमा सालिक राख्ने विषयमा कसैले टाउको दुखाउनु पर्दैन । अनि सालिक पुनः राख्नु हुँदैन  भन्ने पक्षमा जनताको अभिमत आएन भने सालिक राखिनु पर्छ भनेर सुगा रटाई गर्नुको पनि कुनै औचित्य देखिदैन । एक सचेत नागरिक भएको नाताले यस विषयमा यहाँको धारणा के छ ? -याे मेराे नितान्त व्यक्तिगत  विचार हाे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button