हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकामा योगागर्ने भवन छैन : योगाभ्यास चउरमै गर्नुपर्ने वाध्यता कहिले सम्म ?

प्रहार समाचार । तनहुँ , माघ १ सोमबार । ‘गरौँ योग रहौँ निरोग’ भन्ने मूल नाराका साथ आज सोमबार नवौं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको साथ मनाई रहँदा व्यास नगरपालिका भित्र योगा गर्न चाहनेहरुले योगाहलको अभाब बर्षौं देखि झेल्नु परिरहेको  छ । नवौं योग दिवस समेत हल अभावका कारण खुल्ला मैदानमा मनाउन परेको पतञ्जली योग साधना केन्द्र तनहुँका पदाधिकारीहरुले बताएका छन् ।


साधना केन्द्रको छुट्टै हल नहुंदा योग प्रशिक्षकहरुले खुल्ला चउर तथा विद्यालय तथा विभिन्न संघ संस्थाको भवनमा शरण लिएर योगाभ्यास गर्नु परेको पतञ्जली योग समिति तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठले बताए । उनि भन्छन्  ‘स्थानिय निकायहरुले योग साधना केन्द्र स्थापना , योगा हल बनाउन तर्फ तत्काल ध्यान दिनु पर्‍यो ‘ । योग गर्ने हल नहुँदा खुल्ला आकाशमुनी चउरमा योग अभ्यास गर्न तथा प्रशिक्षण दिन बाध्य छौं ‘ संगठन मन्त्री श्रेष्ठले प्रहार समाचार लाई भने ।

पछिल्लो समय योग गर्नेहरुको संख्या व्यास नगरपालिकामा दिन प्रतिदिन बढेकोले आफ्नै साधना केन्द्रको भवन नहुँदा दैनिक योग अभ्यास गर्न समस्या परेको पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादुर आलेले बताए । उनि भन्छन्  ‘ व्यास नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा जसरि अन्य निकायहरूमा बजेट बिनियोजित गर्छ त्यसै गरि सिङ्गो नगरका बासिन्दाहरुको स्वास्थ्यमा ध्यान दिंदै योगा हलहरू निर्माणमा बजेट छुट्याउनु पर्‍यो । बिरामी भएर अस्पताल धाउनु भन्दा योगाभ्यास गरे सबै दिर्घ रोगहरु समेत निको हुने अध्यक्ष आलेको दावी छ ।

अहिले व्यास नगरपालिका भित्र व्यास १ मा  मिलिजुली योग साधना केन्द्र भादगाउँ , भँगेरथान योग साधना केन्द्र तालघरे , सुगम योग साधना केन्द्र चारकुने, मत्स्यकन्या साधना केन्द्र मोहोरीया टार , विज्ञानचौर साधना केन्द्र हाइस्कूलटार रहेका छन् । त्यसै गरि अनन्त साधना केन्द्र व्यास १० डिहिगाउँ, शिव कालिका योग साधना केन्द्र व्यास-३ , र आरोग्य साधना केन्द्र व्यास -३ दमौलीमा  दैनिक योगशिविर हुँदै आएको पतञ्जली योग साधना केन्द्रले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button