हेडलाईनव्याससमाचारगण्डकी

आज नवौं राष्ट्रिय योग दिवस  : विभिन्न कार्यक्रमको साथ मनाइयो

प्रहार समाचार । तनहुँ , माघ १ सोमबार ।
‘गरौँ योग रहौँ निरोग’ भन्ने मूल नाराका साथ आज नवौं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको साथ मनाइएको छ।

यसै क्रममा पतञ्जली योग समिति तनहुँको समन्वय तथा व्यासनगरपालिकाको आयोजनामा तनहुँको दमौलीमा आइतबार बिहान प्रभातफेरि तथा योग साधना कार्यक्रम सम्पन्न भएको छ ।


प्रभातफेरि कार्यक्रम अन्तरगत दमौली बजारको परिक्रमा गरि अनसन चौतारी अगाडीको खुल्ला मैदानमा आयोजित कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले योग मानव जिवनमा अति आवश्यक रहेको उल्लेख गर्दै व्यास नगरपालिकाले योग साधना केन्द्र निर्माणकालागि १५ लाख रुपैया बिनियोजन गरेको र केहि समय पछि व्यास गुफा परिसर तलपट्टिको जग्गामा केन्द्र निर्माण गरिने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन  गौतमले योग अपरिहार्य रहेको बताए । जिल्ला आयुर्वेद केन्द्र दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले नियमित योग साधानाबाट धेरै दिर्घ रोगहरू निको हुने चर्चा गर्दै नियमित योगसाधनामा जुट्न नगरवासिहरू लाई आव्हान गरे ।
कार्यक्रममा व्यास-२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ , पतञ्जली योग साधनाकेन्द्र तनहुँका अध्यक्ष मानबहादुर आले , संगठन मन्त्री अर्जुन श्रेष्ठ, नगर प्रभारी प्रतिमा श्रेष्ठ लगायतले योग साधना ले शारिरिक र मानशिक रूपमा स्वस्थ्य रहन मद्दत गर्ने बताए ।

कार्यक्रममा योगका सबै आशनहरू प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । पछिल्लो समय व्यास नगरपालिकाका भित्रका विभिन्न वडाहरूमा योग साधना केन्द्र खुल्ने क्रम बढेसंगै योग साधना गर्नेहरुको संख्यामा समेत बढेको छ। पतञ्जली योग साधना केन्द्रको आफ्नै साधना केन्द्रको भवन नहुँदा दैनिक योग अभ्यास गर्न समस्या परेको संगठन मन्त्री एवं योग अभियान्ता अर्जुन श्रेष्ठले बताए ।

उनि भन्छन् – ‘ स्थानिय निकायहरुले योग साधना केन्द्र स्थापना , योगा हल बनाउन तर्फ तत्काल ध्यान दिनु पर्‍यो ‘ । योग गर्ने हल नहुँदा खुल्ला आकाशमुनी चउरमा योग अभ्यास गर्नु परेको संगठन मन्त्री श्रेष्ठले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button