प्रहार समाचार । धरान, माघ १ सोमबार । 1धरान उप-महानगरपालिकाका मेयर हर्क साङ्पाङ्ले उपकूलपतिको कार्यालयमा ताला लगाएका छन् ।
मेयर साङ्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् “बि.पि.अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !”


























