प्रहार समाचार । काठमाडौं, २८ असार २०८३ आइतबार । अभिनेत्री दीपा श्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया छ । छायांकनकै क्रममा दीपा श्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । रोग पहिचान भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। उपचारका लागि भारत जानुपर्ने सुझाव आएपनि नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तबाट शल्यक्रिया गरि सफल भएको बताइएको छ ।

भगवानको कृपाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल दीपा श्री निरौला आइसियूबाट जनरल वार्डमा सारिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जनाएका छन् ।
उनले स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख गर्दै उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुका साथै दीपा श्रीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।














