समाचार

रवि लामिछानेसँग मोदीको भेट, नेपाल – भारत सम्बन्ध थप उचाइमा पुर्‍याउने प्रतिबद्धता

प्रहार समाचार । काठमाडौं, २० जेष्ठ २०८३ बुधबार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गरेका छन्।

मोदीले नेपाललाई भारतको ‘Neighbourhood First’ नीतिअन्तर्गत प्राथमिक साझेदारको रूपमा उल्लेख गर्दै नेपाल र भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको बताएका छन्। उनले साझा समृद्धि र दुवै देशको हितका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै नेपाल – भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मोदीद्वारा सार्वजनिक गरिएका तस्वीरहरूमा दुवै नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको देखिन्छ। भेटवार्तालाई नेपाल- भारत सम्बन्धका विविध पक्षमा केन्द्रित महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button