प्रहार समाचार । काठमाडौं, १६ जेठ २०८३ शनिबार । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै देशभरका रणनीतिक राजमार्ग, सुरुङमार्ग, पुल तथा सडक स्तरोन्नतिका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा हिंजो बजेट प्रस्तुत गर्दै आगामी वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण गरिने घोषणा गरेका हुन्।सरकारले एक हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा विस्तार गर्ने लक्ष्य लिएको छ।

चालु वर्षमै कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति सम्पन्न गरिने तथा आगामी वर्ष काँकडभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे र धानखोला–लमही खण्डका ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। यस आयोजनाका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। काठमाडौं–तराई मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने भएको छ। द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत सुरु गरिनेछ। यसका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।सरकारले हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड तथा मध्यपहाडी राजमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे र पुल निर्माणका लागि १ अर्ब ४६ करोड रुपैयाँ व्यवस्था गरिएको छ। सडक पुल निर्माणलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ। आगामी तीन वर्षभित्र मुख्य राजमार्ग र रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय राजमार्गमा ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिने भएको छ। यसका लागि ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिने तथा मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण कार्य सुरु गरिने सरकारको घोषणा छ। नागढुङ्गा–मुग्लिङ सडक खण्डको ४० किलोमिटर स्तरोन्नति गरिने र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने भएको छ। यस शीर्षकमा ६ अर्ब ५५ करोड रुपैयाँ बजेट छुट्याइएको छ।कर्णाली, कालीगण्डकी र कोशी कोरिडोरमा सडक स्तरोन्नति तथा कालोपत्रेका कार्यक्रमलाई तीव्रता दिइने भएको छ। कर्णाली कोरिडोरको ३१ किलोमिटर, कालीगण्डकी कोरिडोरको २१ किलोमिटर तथा कोशी कोरिडोरको १५ किलोमिटर सडक कालोपत्रे गरिनेछ। यी आयोजनाका लागि ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण सुरु गर्ने तथा सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धरा खण्ड विस्तार कार्य सुरु हुने तथा बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ।

टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने तथा जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ। साथै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर र चिसापानी–बबई सुरुङमार्गको अध्ययन पनि अघि बढाइनेछ। सडक सुरक्षालाई लक्षित गर्दै प्रमुख चोकहरूमा ट्राफिक संकेत, सडक रेखाङ्कन, क्यास ब्यारियर तथा डिभाइडर जडानलाई निरन्तरता दिइनेछ। यसका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिरो तथा विपद्का कारण अवरुद्ध हुने राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ।

सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यकालगायत प्रमुख सहरी सडकलाई धुलोमुक्त र खाल्टाखुल्टीमुक्त बनाउने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। देशभर सडक मर्मत सम्भार अभियानका लागि २८ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै बर्दिबासदेखि काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रारम्भिक बिन्दुसम्म रेलमार्ग निर्माण प्रक्रिया अघि बढाइने तथा निर्माणाधीन बथनाहा–विराटनगर र जनकपुर–जयनगर–बर्दिबास रेलमार्गका बाँकी काम सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालनको व्यवस्था मिलाइने सरकारको घोषणा छ।
बजेटका सडक क्षेत्रका १२ ठूला घोषणा :
🚧 १. एक हजार किलोमिटर सडक कालोपत्रे, २७५ नयाँ पुल निर्माण🛣️ २. पूर्व–पश्चिम राजमार्ग पाँच वर्षभित्र पूर्ण चार लेनमा विस्तार🏗️ ३. नारायणगढ–बुटवल र कमला–कञ्चनपुर सडक स्तरोन्नति यसै वर्ष सम्पन्न🚀 ४. काठमाडौं–तराई द्रुतमार्गमा ४० पुल र ५.४ किमि सुरुङ आगामी वर्षमै तयार🌉 ५. तीन वर्षभित्र हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य🏔️ ६. आँबुखैरेनी–पोखरा चार लेन सडक छिट्टै सम्पन्न, मुग्लिङ–आँबुखैरेनी निर्माण सुरु🚇 ७. नागढुङ्गा सुरुङ आगामी साउनदेखि सञ्चालनमा आउने🛤️ ८. सिद्धबाबा सुरुङ आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा🌄 ९. कर्णाली, कालीगण्डकी र कोशी कोरिडोरमा कालोपत्रे तथा स्तरोन्नति अभियान तीव्र🔄 १०. काठमाडौं चक्रपथ विस्तारको कलंकी–बसुन्धरा खण्डको काम सुरु हुने🧹 ११. देशव्यापी सडक मर्मत अभियान, धुलो र खाल्टाखुल्टी हटाउन २८ अर्ब ५२ करोड बजेट🚌 १२. महिलाको सुरक्षित यात्राका लागि सिसी क्यामेरासहित आधुनिक ‘ब्लु बस’ सञ्चालन गरिने ।
एक नजरमा बजेट :
“चार लेन राजमार्ग, सुरुङमार्ग, द्रुतमार्ग, पुल र सडक मर्मतमा केन्द्रित सरकार; आगामी तीनदेखि पाँच वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा ठूलो फड्को मार्ने दाबी।”( माथिका बुंधाहरू एआई प्रयोग गरेर बनाइएको हो ।) सम्पादक
• १,००० क
























