हेडलाईनसमाचारप्रदेश

आजबाट राजधानी काठमाडौँमा महानगरको रात्रिकालीन बस सेवा सुरु हुने

प्रहार समाचार । काठमाडौँ, १ बैशाख २०८३ मंगलबार । राजधानी काठमाडौँमा आजबाट महानगरको रात्रिकालीन बस सेवा सुरु हुने भएको छ। काठमाडौँ महानगरपालिकाले रात्री समयमा सार्वजनिक यातायातको अभाव हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो। कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार प्रारम्भिक चरणमा दुई वटा मुख्य रूटमार्फत सेवा उपलब्ध गराइनेछ।

साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुने बस सेवा बुढानीलकण्ठ–लगनखेल र एयरपोर्ट–थानकोट रूटमा चल्नेछ। बसहरू राति ८ बजेदेखि ११ बजेसम्म प्रत्येक २० मिनेटमा उपलब्ध हुनेछन्। सेवा सुरुका क्रममा ७ वटा बस सञ्चालनमा ल्याइने महानगरले जनाएको छ।


यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा एक जना नगर प्रहरी खटाइनेछ भने चारवटा सिसिटिभी क्यामेरा जडान गरी नियन्त्रण कक्षबाट निगरानी गरिनेछ। यसले हराएका सामान फिर्ता गर्न र कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यो सेवा ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button