हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको शान्ति वर्ष अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक पौडेल सहित शिक्षक तथा विद्यार्थीहरु सम्मानित

प्रहार समाचार । तनहुँ, १ बैशाख २०८३ मंगलबार । तनहुँको शान्ति वर्ष अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक उदित पौडेल, शिक्षकहरु तथा विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्न सफल भएकोमा सम्मान गरिएको छ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित विद्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा अध्यापन गराउने विषय शिज्ञकहरू, (एसईई) मा ४.०० जि.पि.ए. हासिल गर्न सफल विद्यार्थीहरु तथा विद्यालयका प्रधानाध्यापक पौडेल सहितलाई ३४औँ व्यास नगर स्थापना दिवसको अवसरमा हिंजो सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको हो।

दमौलीस्थित दमौली सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख ईन्दिरा दरै लगायतले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेका हुन् । नगर प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको सफलता, नेतृत्वदायी भूमिकाको परिणाम स्वरूप सम्मान गरिएको बताए । उनले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन यस्ता नतिजाले सकारात्मक सन्देश दिने उल्लेख गरे । उपप्रमुख ईन्दिरा देरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नगर शिक्षा अधिकारी केदारराज आचार्यले समेत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको मेहनतको प्रशंसा गरे ।

सम्मान ग्रहणपछि प्रधानाध्यापक पौडेलले विद्यालयको उपलब्धि सबै शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त मेहनतको परिणाम भएको बताए। उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र अनुशासित वातावरण कायम गर्दै अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button