हेडलाईनसमाचारदेवघाटगण्डकी

राप्रपा देवघाटको अध्यक्षमा आचार्य, उपाध्यक्षमा ठकुरी

प्रहार समाचार । तनहुँ, दमौली, १ पुस २०८२ मंगलबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवघाट गाउँ कार्य समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न गाउँ अधिवेशनबाट आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ गाउँ कार्य समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा छुनु मल्ल ठकुरी, सचिवमा जनार्दन नैनावस्ती र कोषाध्यक्षमा सावित्री थापा चयन हुनुभएको छ । सदस्यहरूमा दिवाकर मिश्र, यमबहादुर थापा, माधव थापा, कमल न्यौपाने, तेजबहादुर थापा, प्रेमलाल दाहाल, खेमलाल गुरुङ, धनबहादुर परियार, जयबहादुर गुरुङ, तिलबहादुर गुरुङ र चन्द्रबहादुर शाही ठकुरी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै राप्रपाकी केन्द्रीय सदस्य गौमाया श्रेष्ठले नवगठित कार्य समितिले देवघाटको धार्मिक, सांस्कृतिक र राष्ट्रिय पहिचानलाई संरक्षण गर्दै संगठनलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । ग केन्द्रीय कला तथा संस्कृति विभागका प्रमुख पृथ्वीनारायण श्रेष्ठले देवघाटको धार्मिक महत्त्वलाई आत्मसात् गर्दै पार्टीले स्थानीय जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए ।

जिल्ला अध्यक्ष विनोद घर्तीले केन्द्रीय नेतृत्वको मार्गदर्शनमा जिल्ला समितिले नयाँ गाउँ कार्य समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button