प्रहार समाचार । काठमाडौँ, १४ मंसिर २०८२ आइतबार । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा देखिएको क्रमिक वृद्धि र मागमा बढेको चहलपहलका कारण आन्तरिक बजारमा सुनको भाउ निरन्तर बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय मा पुगेको छ। यससँगै चाँदीको मूल्य पनि उकालो लाग्दै प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय थियो भने चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुन–चाँदीको मूल्य तीव्र गतिले बढिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औंस सुन ४ हजार १ सय ७५ रुपैया अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदी ५४ डलर पुगेको छ। विश्व बजारमा मूल्य उकालो लागिरहेकाले आगामी दिनमा पनि भाउमा थप चाल आउने अनुमान व्यवसायीहरूको छ।



























