हेडलाईनसमाचारगण्डकी

गोरखाको बाह्रकिलोमा बस दुर्घटना : २१ यात्री घाइते

प्रहार समाचार । गोरखा, १४ मंसिर २०८२ आइतबार । गोरखा नगरपालिका–११ बाह्रकिलोमा पार्किङमै रहेको एक यात्रुवाहक बस अनियन्त्रित रूपमा तल खस्दा २१ जना घाइते भएका । गोरखाबाट चितवन आउँदै गरेको ना ४ ख १२१९ नम्बरको बस बाह्रकिलो बजारमा रोकिराखेको अवस्थामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार बस रोकिएको बेला ड्राइभरले ब्रेक नलगाई ओट् पनि नराखी झरेका कारण बस आफैँ गुडेर करिब १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनाका बेला बसमा कति यात्रु थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई तत्काल उद्धार गरी गोरखा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button